कम्प्यूटर शिक्षा, इलामेली जनशक्तिको परिप्रेक्ष्यमा

Posted: January 1, 2003 in Published Articles
Tags: , ,

-गणेश पौडेल

(इलाम टाइम्स अंक ३)

आधुनिक समाजमा कम्प्यूटरको नाम नसुन्ने मानिस कमै होलान्। विद्यालयमा होस् या ब्यापारमा होस्, साथीभाइहरु बीचको गफगाफमा होस् या पत्रपत्रिकामा होस् कम्प्यूटरको चर्चा कहीँ न कहीँ त भएकै हुन्छ। आखिर किन बढीरहेको छ त यसको चर्चा – किन लिइरहेको छ कम्प्यूटरले यत्रो बजार – नेपाल जस्तो देशमा कम्प्यूटरको प्रयोग कुन-कुन क्षेत्रमा भैरहेको होला – हाम्रो गाँउघर, शहरबजारमा कम्प्यूटरका के कस्ता सम्भाब्यताहरु छन् त?

नेपालमा कम्प्यूटरको प्रयोगको शुरुवात जनगणनाको क्रममा केन्द्रिय तथ्यांक विभागले वि.सं. २०१८ मा FACIT नामक क्यालकुलेटिङ्ग मेशीन प्रयोग गरी गरेको भएपनि त्यसबाट विभिन्न त्रुटीहरु देखिएकोले राष्ट्रलाइ ठूलो नोक्सान हुनपुग्यो। त्यसैले २०२८ को जनगणनाको लागि श्री ५ को सरकारले प्रतिमहिना रु १ लाख २५ हजार भाडा तिर्नेगरी IBM 1401 नामको दोश्रो पुस्ताको कम्प्यूटर प्रयोग गरेको थियो। यसको प्रयोग गरी १ करोड १३ लाख जनताको तथ्याङ्क प्रोसेस गर्न १ बर्ष७ महिना १५ दिन लागेको थियो।

कम्प्यूटरका सम्बन्धित सबै काम गर्नको लागि २०३१ पौषमा यान्त्रिक सारिणीकरण केन्द्र खोलियो र ०३७ सालतिर त्यसैलाइ राष्टि्य कम्प्यूटर केन्द्र नामाकरण गरीयो। २०३८ मा जनगणनाको लागि बेलायती कम्प्यूटर ICL 2950/10 ल्याइयो उक्त कम्प्यूटर UNDP/UNFPA को सहयोगमा रु २० लाख डलरमा प्राप्त भएको थियो जसबाट जनगणनाको कार्य १ बर्ष३ महिनामा सकिएको थियो।

०३९ तिर काठमाण्डौंमा विभिन्न कम्प्यूटरका निजी संस्थाहरु खुले। ०४० को दशक देखिनै देशभरमा कम्प्यूटरको कार्यक्षेत्र निकै विस्तार भैसकेको थियो। त्यसैबेलादेखि कम्प्यूटरको दक्ष जनशक्ति पनि उत्पादन गर्ने हेतुले राष्टि्य कम्प्यूटर केन्द्रबाट तालिमको कार्यक्रम पनि संचालन गरिन थाल्यो।

थोरै ठाँउमा धेरै तथ्यांङ्क राख्न सकिने र सो तथ्याङ्क चाहिएको समयमा एकैछिनमा भेट्न सकिने भएको हुँदा तथ्याङ्क राख्नृुपर्ने संस्थाहरु जस्तै प्रवेशिका परिक्षा बोर्ड, कर्मचारी संञ्चयकोष आदिले कम्प्यूटरको प्रयोग ब्यापक रुपमा गर्न थालेपछि यस्को पेशागत रुपमा प्रयोग हुनथाल्यो। त्यसैगरी विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले पनि कम्प्यूटरको ब्यापक रुपमा प्रयोग गर्दै आएका छन्।

अहिले त जुनसुकै विषयको कार्यालय वा ब्यापार संस्था खोलियोस्, फर्निचर पछाडी लगत्तै कम्प्यूटरको आवश्यकता महसुस गरिन्छ। कम्प्यूटर डाटा प्रोसेसिङ्गमा मात्र नभइ डकुमेण्टेशन गर्न, पत्रपत्रिकाको लेआउट डिजाइन गर्न आदि कार्यहरुमा पनि प्रयोग गरिन्छ।

कम्प्यूटरको प्रयोगले दूरसंञ्चार, हवाइ यातायात जस्ता अत्यन्त प्राविधिक क्षेत्रहरुपनि जटिलताबाट सरलतातिर उन्मुख भएका छन्। “नेपालको दूरसंञ्चार सेवा -स्वीचिङ्ग, ट्रान्समिसन, इन्क्वाइरी, विलिङ्ग) पूर्णतया कम्प्यूटराइज्ड भएकोले हाम्रो देशका सबै टेलिफोन सिस्टम डिजिटलाइज्ड छन्। कम्प्यूटरको प्रयोगले नयाँ सिस्टम जडान गर्न अथवा पुरानो सिस्टममा कठीनाइ आएमा मर्मत गर्न एकदमै सजिलो भएको छ।” नेपाल दूरसंञ्चार संस्थानका एक कर्मचारी बताउँछन्।

आधुनिक जमानामा सूचना प्रणाली Information Technonogy को विकास भै विश्वब्यापी रुपमा यसले बजार मात्र लिन सकेकेा होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स -विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि बस्तु हर्ेन, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फ लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भयो। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकषिर्त हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने कार्य गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो।

यस कारण पनि कम्प्यूटर के हो र यसबाट के कसरी काम गर्न सकिन्छ भनी सामान्य जानकारी राख्नु अहिलेको तीब्र आवश्यकता भएको छ।

सामान्यतया कम्प्यूटर क्यालकुलेटरको विकसित इलेक्ट्रोनिक रुप हो। तर यसमा क्यालकुलेटरको भन्दा अत्यन्तै धेर स्मरण शक्ति (Meomory), एउटा छुट्टै प्रोसेसर, र एउटा स्टोरेज डिभाइस -हार्ड डिस्क) मुख्य कुरा हुन्छन्। जसबाट मानिसले धेरै दिमाग खियाएर गर्नुपर्ने कठीन भन्दा कठीन कामहरु थोरै समयमा भरपर्दो पाराले गर्न सकिन्छ। खासगरी कम्प्यूटरमा थोरै स्थानमा धेरै तथ्यांङ्क हरु विश्वासनीय तरिकाले राख्न सकिने भएकोले नै यसको लोकप्रियता बढेर गएको छ।

करिब इशापर्ूव ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रुप मानिएको छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४ मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स बेबेजले डिफरेन्स इन्जिन को आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु कम्प्यूटरको पूर्णताबाट बाहिर थिए। सन १८८० मा अमेरिकाको जनगणना र्सबप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै समस्या देखिएकाले अमेरिका बर्साई सरेका जर्मन डा. हर्मन हर्लिथले सन् १८८७ तिर प्रतिमिनट २०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched Card Tabulating Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा सन् १९३६ मा Howard Akin ले MARK-I नामको अटोमेटिक हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले ABC (Atanasoft Beizzy Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु अति अजंगका थिए। यी सबै Electro-mechanical Computer थिए।

अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन न्यू मेनले भ्मखबअ नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रुपमा सफल हुन सकेनन्, सन् १९५२ मा जे प्रेस्पर र्एकर्ट र जोन मौच्ले मिली Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh, Acer, Siemens, Compaq आदि नामका कम्प्यूटरहरु पाइन्छन्।

हाल पाइने कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्ने प्रोसेसर र जुनसुकै सफ्टवेयर पनि राखी काम गर्नसक्ने बनाइएको हुन्छ।

कम्प्यूटरमा नेर्टवर्क तथा इन्टरनेटको सहायताले बैंक तथा वित्तीय संस्थाहरुले केही मिनटमैं अमेरिकामा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले बैंकहरुले यसको प्रयोग अत्याधिक रुपमा गर्नथालेका छन्।  यसका अतिरिक्त एयर टिकटिङ्ग, ट्राभल एजेन्सी आदिहरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ।

हाल आएर शहरका गल्ली गल्लीमा इन्टरनेट सेवा, कपी कम सेवा, आदि खुलेका छन् र निजी क्षेत्रबाट पनि कम्प्यूटरको ब्यापक प्रयोग हुनथालेको छ। घरघरमा कम्प्यूटर राखेर केटाकेटीलाई कम्प्यूटर गेम खेलाउनु सम्भ्रान्त परिवारको शोख नै हुन थालेको छ। तर घरमा कम्प्यूटर राख्नु मानिसको शोख मात्र होइन यसबाट पुरै परिवारले केही न केही कुरा सिकिरहेको पनि हुन्छ। त्यर्सथ मध्यमबर्गीय परिवारका मानिसहरुपनि घरमा के गरी कम्प्यूटर राख्ने भनी सोचीरहेका हुन्छन्।

विद्यालयमा कम्प्यूटर सिकाउन थालेको त एक दशक नै हुन लागिसक्यो। वर्तमान पर्रि्रेक्ष्यमा हेर्ने हो भनें त सानातिना बोर्डिङ्ग स्कूलहरु देखि लिएर नाम कहलिएका ठूल्ठूला स्कूलहरुले कम्प्यूटर शिक्षा दिने गरेका छन्। विश्वविद्यालय स्तरमा पनि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयले आ-आफ्ना किसिमका कम्प्यूटर शिक्षा तह तहमा राखेका छन्। नेपालमा विश्वविद्यालय स्तरमा कम्प्यूटरकै एकेडेमिक शिक्षा पनि दिन थालिसकिएको छ। यसदेखि बाहेक निजी कम्प्यूटर इन्स्टिच्यूट हरु त शहरमा मात्र होइन गाउँगाउँ, बजार बजारमा खुलिसकेका छन्।

नेपालबाट स्तरीय कम्प्यूटर शिक्षा लिनको लागि विदेश जाने मानिसहरुको पनि कमी छैन। कति नेपाली जनशक्ति त कम्प्यूटरकै रोजगारीको लागि अमेरिका, क्यानडा, अष्ट्रेलिया, जर्मनी जस्ता सम्भ्रान्त देशहरुमा बसेका छन्। यसबाट नेपालीहरु पनि कम्प्यूटरको शिक्षामा पछाडी छैनन् भन्ने कुराको पुष्टी मिल्दछ।

इलाममा कम्प्यूटरको प्रयोग गरिन थालेको पनि धेरै भैसकेको छ। र्सबप्रथम इलाममा मेची पहाडी विकास परियोजनाले ४० को दशकको मध्यतिर कम्प्यूटर भित्राएको थाहा हुन

आउँछ। हाल आएर इलाममा कम्प्यूटरको प्रयोग अत्याधिक बढेर गएको छ। नेपाल रेडक्रस सोसाइटी, नारी विकास संघ, नेपाल रेशम संघ, नाम्सालिङ्ग सामुदायीक विकास कार्यक्रम, सुनगाभा क्लब आदि संस्थाहरुले कम्प्यूटरको पेशागत रुपमा प्रयोग गरिरहेका छन्। अन्य केही सरकारी वा गैर सरकारी कार्यालयहरुमा समेत कम्प्यूटरको प्रयोग भैरहेको छ। इलाममा ४ वटा र फिक्कलमा १ वटा त कम्प्यूटर इन्स्टिच्यूट नै छन्। घरमा पर्सनल कम्प्यूटरको रुपमा यसको प्रयोग के कति छ भन्ने कुनै तथ्यांङ्क फेला पर्न नसकेपनि इलामेहरु पनि निजी क्षेत्रमा कम्प्यूटरको धेरै प्रयोग गर्न थालेका छन्। इन्टरनेट सेवा सहितका कम्यूनिकेशनहरु पनि इलाममा खुलिसकेका छन् जसबाट कम्युनिकेसन लगायत अन्य सेक्रेटरियल कामहरु पनि गर्ने गरिन्छ।

कम्प्यूटरको शिक्षामा पनि इलामेहरु कम छैनन्, कम्प्यूटरको क्षेत्रमा काम गर्न इलामेहरु यूरोप र अमेरिका पनि पुगेका छन्। राजधानी तथा अन्य शहरहरुमा कम्प्यूटरको क्षेत्रमा लागेका इलामेहरुको त एउटा लिष्टनै बन्न सक्छ।

इलाममा कम्प्यूटरको अझ धेरै सम्भावनाहरु छन्। नेपालको सुदुर पर्ूवमा रमणीय स्थल, चियाबारी र हराभरा इलाममा पर्यटकीय स्थलहरु धेरै छन्। दिन परदिन इलाम घुम्ने पर्यटकहरुको संख्या बढ्दो छ। यस पर्रि्रेक्ष्यमा पर्यटकहरुको लागि संञ्चार आदान प्रदान गर्न इन्टरनेट सुविधा प्रदान गर्ने, होटल, ट्राभल, टिकटिङ्गमा कम्प्यूटराइज गर्ने, इलामको विषयमा पर्याप्त जानकारी दिनको लागि विभिन्न विषयहरुमा वेवसाइट राख्ने आदि गर्ने हो भनें इलाममा कम्प्यूटरको प्रयोग अझ बढाउन सकिन्छ। र यसबाट राम्रो ब्यापार पनि गर्न सकिन्छ।

आधुनिक युग सूचना र संञ्चारको युग हो, यो युगमा जो अगाडी बढ्न सक्यो त्यसैले प्रगति गर्न सक्दछ। कसैले कसैलाइ फर्केर हेर्ने अवस्था अहिले छैन।

हुनसक्छ केही बर्षा नै इलामको कृषि क्षेत्रमा कम्प्यूटराइज्ड सूचना तथा समस्या तथा निराकरण, ब्यापार क्षेत्रमा इ-कमर्स, सूचनाको क्षेत्रमा इन्टरनेट, इमेल, होटल बुकिङ्ग तथा टिकटिङ्ग तथा मनोरञ्जन एवं अन्य कार्यमा जताततै कम्प्यूटरको प्रयोग हुने दिन आउनेछ। त्यतिबेला हामी आफ्नै घरको पर्सनल कम्प्यूटरमा इमेल पढेर त्यही कम्प्यूटरको सहायताले इलाम-काठमाण्डौंको बस टिकट, काठमाण्डौं-न्यूयोर्कको हवाइ टिकट काटीवरी न्यूयोर्कको होटल पनि बूक गर्न सक्ने अवस्था आउन सक्छ।

अनि इलामको चिसो हावापानी र चियाबारीमा मा रम्दै यत्रतत्र भौंतारिने पर्यटकहरु त्यहींको एउटा साइवर क्याफे -इन्टरनेट सहितको कफी सप) मा छिरेर सिड्नीमा भएको साथीलाई इमेल लेख्दै इलामकै चियाको सुरुप मार्दा इलामेहरुलाई त्यति नै आनन्द आउँदो हो जति आनन्द निधि प्रसाद खतिवडाले क्यानडामा भएको आफ्नो छोराको इमेल फिक्कलको साइबर क्याफेमा खोल्न पाउँदा आउँछ।

त्यर्सथ हामीहरु पनि आजैदेखि कम्प्यूटरको स्तरीय शिक्षा लिऔं र आफ्नो भविष्य बनाऊँ। अंग्रेजीमा एउटा उखान छ “Opportunity does not knock at your door, you should knock at the door of opportunity” के थाहा, मौका कतिबेला आउँछ, आफू तयार रहौं, मौका आउनासाथ समातिहालौं।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s