देबु दिदीको हत्या विरूद्ध लड्नु छ

Posted: January 21, 2009 in विविध (Uncategorized)
Tags: , , ,

DSCN4320जुन घरमा दिदीले कहिल्यै हाँस्न पाउनुभएन त्यही घरमा हामीले मुस्कान खोज्न खोज्यौं। उही पुरानो संस्कार उही पुरातन सोच, अपराधीहरूको भ्रमजालमा हामी सबै पर्यौं। १८ बर्ष अश्रुधारामा दिदीले दुःख धुन खोज्नुभो। आँसु र खुनपसीनामा जिन्दगी पोख्नुभो। यी सबै कुरा सम्झेर ल्याउँदा अहिले पनि भक्कानो छुट्छ नै। हामी सबैको मन रोएको छ तर…… दिदीलाई बाँचुन्जेल दुःख दिने र षड्यन्त्रपूर्वक विष खुवाएर मार्ने अपराधीलाई न दिदीको आत्माले माफी दिन्छ न हाम्रो मनले। त्यसैले दिदीको आत्मालाई शान्ति दिन र आइन्दा त्यस्तो घटना हुन नदिन अब हामीले कानूनी लडाँई लड्नु त छँदैछ सामाजिक लडाँइ पनि लड्नु छ।
घरेलु हिंसादेखि सजग रहौं
हाम्रो समाजमा श्रीमतीको सबैभन्दा ठूलो संरक्षक लोग्ने नै हो। जस्तोसुकै कमजोर मानिसले पनि श्रीमतीको सन्चो विसन्चो, पीरमर्का सुख-दुख बुझ्न सक्छ र त्यसमा साथ दिन सक्छ। लाछी, हुतिहारा वा काँतरले मात्र श्रीमतीको रक्षा गर्न सक्दैन। हामी लोग्नेहरू त्यस्तो हुतिहारा नबनौं।
यो घटना भोगेपछि सबै दिदीबहिनीलाई मेरो नम्र निवेदन यो छ………..
यदि तपाँइको लोग्ने तपाँइको चाहिँदो कुरा नसुनेर बाऊ-आमा, दिदीबहिनी वा दाजूभाईका नचाँहिदा कुरा सुन्छ, तपाँइलाई बेवास्ता गर्नथाल्छ भनें तपाँइ पनि सतर्क हुन थाल्नुहोस्। त्यसका परिवार मिलेर तपाँइमाथि जुनसुकै बेला षड्यन्त्र रच्न थाल्छन्। ……. र तपाँइको ज्यानमाथि समेत खेलबाड हुनसक्छ।

 

(यो मेरो फेसबुकको एउटा पोष्टबाट यहाँ प्रकाशित गरिएको हो।)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s