इलामलाई उठाउने प्रयत्नः इलामसूत्र

Posted: April 8, 2010 in Published Articles

-गणेश पौडेल

सूचनाप्रविधिको पहुँच भएका इलामेहरूबाटै इलामको जानकारी आदान प्रदान गराउने उद्देश्यले एउटा नयाँ वेबपोर्टल बनाउन युवाहरू जुर्मुराएका छन्। यो पोर्टलको समाचार ब्लग भने पाँच महिनादेखि संचालनमा आइसकेको छ।
इलामेहरू तथा इलामलाई आफ्नो पितृभूमि ठान्ने, नेपालका अन्य भाग वा प्रवासमा रहेका इलामप्रेमी व्यक्तिहरूलाई समेत समेट्नका लागि इन्टरनेट नै सबभन्दा कम खर्चिलो र प्रभावकारी माध्यम हुन्छ भन्ने ठानी स्थापना भएको इन्टरनेट पोर्टलको नाम हो इलामसूत्र।
सूचना प्रविधिको विकासले अहिले जुनसुकै व्यक्तिलाई पनि छोएको छ। यसको प्रयोग गर्न नजान्ने व्यक्ति पछि पर्दछ। सूचना प्रविधिले सूचना र प्रविधि दुवैलाई जोडेर विश्वभरि द्रूत सम्पर्क गराएको हुन्छ। यसमा कम्प्युटर, फोन, फ्याक्स, आदि पर्दछन् जसको सञ्जालमा आवद्ध व्यक्तिले अहिलेको अहिले विश्वको कुनैपनि कुनाको समाचार प्राप्त गर्ने मात्र होइन त्यहाँ उत्पादित सामानको मोलतोल गर्न र किन्न पनि सक्दछ। कुनै ब्याङ्कमा रहेको रकम जुनसुकै ठाउँबाट पनि झिक्न सक्दछ।
हाम्रो देशमा सूचना प्रविधिको विकास हुन थालेको धेरै भएको छैन, तर देशका केही शहरी केन्द्र र बजारहरूमा विश्वका अधुनातन प्रविधि प्रयोग हुन थालेका छन्। हुनत देशका सबै भागमा यस्तो प्रविधिको विकास भैसकेको छैन, जडान भैसकेका टेलिफोनहरू बर्षौंदेखि अवरूद्ध छन्, जनअपेक्षा अनुरूप नयाँ टेलिफोन लाइनहरू पनि विस्तार हुन सकेका छैनन्। जे जति ठाउँमा यी सेवा उपलब्ध छन् त्यहीँ पनि त्यो सेवा हामी उपयोग गर्न सकि रहेका छैनौं। तर अब उपलब्ध भएसम्मका प्रविधि र सुविधाहरूको प्रयोग गर्न थाल्नु पर्छ भन्ने अभिप्रायले इलामसूत्रको जन्म भएको हो।
जन आन्दोलन-२ चर्किरहेकै बेला फागुन ६ गते नेपाल पत्रकार महासंघको कार्यालय काठमाडौंमा राजधानी निवासी इलामे सञ्चारकर्मीहरुको अनौपचारिक भेटघाटले यो इन्टरनेट पोर्टल स्थापना गर्ने निर्णय गरेको हो। त्यस भेलाले इलामेहरूका बीच सञ्चार र सम्बादका लागि भरपर्दो माध्यम तयार गरी सामुदायिकता र वन्धुत्वलाई ताजा राखिराख्न तथा परिआउने समस्याहरूको समाधानका लागि आफ्नै समुदायभित्रबाट सक्दो सहयोग जुटाउन आवश्यक छ भन्ने प्रारम्भिक निष्कर्ष निकालेको थियो।
“इलामसूत्र” इन्टरनेट पोर्टल मूलतः लोकतान्त्रिक विचारको अभिव्यक्तिको माध्यम हुनुपर्छ भन्ने मान्यता राख्ने जागरूक व्यक्तिहरूको कर्मथलो हो। इलामेहरूको आपसी सम्बन्ध र सामुदायिक हितका क्षेत्रमा काम गर्दा भने सबै विचारका व्यक्तिहरूलाई अवसर दिनुपर्छ भन्ने यसको सोचाई छ।
त्यसै समयदेखि इलाम सूत्रलाई एउटा ब्लगको रूपमा संचालन गर्न थालियो। इलामसूत्रको ब्लग ठेगाना ilam.wordpress.com हो। आन्दोलन चर्केका बखत आन्दोलनको गतिविधि खासगरी इलाम तथा आसपास र राजधानीमा इलामेहरूको लोकतन्त्र प्राप्तिका लागि भएको कृयाकलाप ब्लगले समेट्यो। त्यसका अतिरिक्त इलाम साहित्यका लागि पनि उत्तिकै उर्वर भूमि रहेकाले यहाँका साहित्यिक सिर्जना तथा गतिविधिहरू समेट्ने पनि यसको लक्ष्य भएकाले साहित्यिक खुराक पस्कने र समसामयिक विचार र मनोरञ्जनहरू पनि समावेश गर्ने प्रयास गरिएको छ।
प्रचार प्रसार नगरिएकाले हाल यसमा जनसहभागिता कम मात्रामा भैरहे तापनि सिर्जना गर्ने सबैलाई इलामसूत्रले स्थान दिइरहेको छ।
इलामसूत्र नाफारहित समथर समुह हो जसमा कुनै व्यक्तिको होइन जिम्मेवारी र योगदानको नेतृत्त्व रहन्छ। यसमा सम्बद्ध रहन चाहनेले यसको लक्ष्य हासिल गर्नका लागि स्वयंसेवी ढंगले काम गर्ने गर्दछन्। यसले इलामवासीको राजनीतिक, साँस्कृतिक, साहित्यिक, व्यापारिक हित मूल उद्देश्य राखेको छ।
राजधानीमा इलामबासीलाई आइपर्ने समस्याहरू समाधान गर्न उनीहरूलाई सहयोग गर्ने पनि इलामसूत्रको उद्देश्य हो।
वेव ब्लग बाहेक यो समुहले कम्प्युटरमा नेपाली भाषाको वैज्ञानिक प्रयोग गराउनका लागि मदन पुरस्कार पुस्तकालयसित मिलेर नेपाली यूनिकोड तथा नेपालीनक्सको १ दिने तालिम पनि संचालन गरेको छ। ब्लगमा सकेसम्म सबैजनालाई सहभागी गराउने र यस्ता अवसरहरू पनि सकेसम्म धेरैजनालाई उपलब्ध गराउन समेत समुह प्रयत्नरत छ।
इलाम आक्रमणका बेला दोहोरो गोली हानाहानमा परेको रेडक्रस एम्बुलेन्सको वीमा तथा मरमत गराउन पनि यसले आर्थिक सहयोग संकलन गरिरहेको छ।
तपाँइ इलामसूत्रमा निस्वार्थ रूपले धेरथोर योगदान पुर्‍याउन सक्नुहुनेछ। यसमा लेख, विचार, समाचार, साहित्य, मनोरञ्जन सामग्री पठाएर योगदान गर्न सकिन्छ। त्यसका अतिरिक्त हामीले प्रस्ताव गरेको वेव साइटबाट इलामका उत्पादनहरू सबै राजधानीमा उपलब्ध गराई त्यहाँका उद्योग व्यवसायलाई समेत टेवा दिने उद्देश्य राखेका छौं। यसमा तपाँइको सुझाव अझैपनि ग्राह्य छ। तपाँइ पनि सहभागी हुने होइन त यस कार्यमा?

इलामसूत्रको प्रस्तावित खाका

Ilamsutra

इलम नामावली/परिचयावली (वर्णानुक्रममा उमेर समुहगत गाविसगत)

इलाम खबर
कृषि
सेवा                  लोकतान्त्रिक समाचारहरु
पर्यटन
पत्रकारिता         खुसखबरी
न्याय         गफगाफ             समवेदना
शिक्षा                 आवत-जावत
धार्मिक     चित्रावली                 अन्य
……..
………… साहित्य/मनोरञ्जन
………..
अन्य             इलाम प्रवास

-गणेश पौडेल
ganeshpdl@yahoo.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s