नेपाली-अङ्‌रेजी फन्ट नमिसिने सफ्टवेयर : नेपाली युनिकोड

Posted: September 1, 2011 in आलेख (Article)
Tags:

के तपाँइ नेपाली टाइप गर्दा भनेजस्तो गरी टाइप गर्न सकिरहनुभएको छैन?

कार्यालयका दैनिक कामकाजहरु गर्दा कम्प्युटरमा हामीलाइ धेरै समस्या पर्ने गरेका छन्। कम्प्युटरले हाम्रो भाषा नचिन्नु नै त्यसको मुख्य कारण हो। किनभने कम्प्युटर बनाउनेहरूले कम्प्युटरका सबै कुरा अंग्रेजीमा बनाए र फ्रेन्च, जर्मन, जापानिज आदिले आ-आफ्नो भाषामा ति कुराहरू चल्नेगरी सफ्टवेयरहरू बनाए।

हामीकहाँ भने अझसम्म अंग्रेजी नजान्नेले कम्प्युटर सिक्न सक्दैन। त्यसो हुनाको कारण हामीले हाम्रो भाषामा कम्प्युटर प्रोग्राम बनाउन नसक्नु र अंग्रेजी नै कम्प्युटरको मातृभाषा हो भन्ठान्नु हो।

तर अब त्यस्तो अवस्था छैन। किनभने कम्प्युटरले नेपाली भाषा बुझ्न थालेको छ। यसका लागि आफ्नो कम्प्युटरमा नेपाली युनिकोड राख्‍नु पर्दछ। नेपाली युनिकोडको प्रयोगले नेपाली भाषा शुद्धसँग लेख्‍न सकिन्छ।  यसमा नेपालीमा प्रयोग हुने स्वर वा व्यन्जन वर्णका जुनसुकै अक्षर अलग्ग एउटै की मा हुन्छ। अब न त ‘ङ’ निकाल्न अल्ट र ०१७० ठोक्नुपर्छ न त फ झ क्ष ष ण जस्ता अक्षर निकाल्न दुई तीन टुक्रा जोड्नु पर्छ। त्यसैगरी अ आ इ ई लगायतका बाह्रखरी र मात्राहरू पनि अलग अलग एउटै कीमा हुन्छ। अब औकार दिन ा+ै गर्नुपर्दैन एकैचोटी ौ गरे पुग्छ। अप्ठ्यारा अक्षरहरू बनाउन पनि छुट्टाछुटटै की संझनु पर्दैन ङ+्+ग गरे आफैं ङ्ग बन्छ, त्यस्तै ङ्+्+घ= ङ्घ,  द+्+व= द्व, र+ु= रु, र+ू =रू  आदि। अब द्वन्द्व लाइ ‘द्धन्द’, ब्रह्मा लाइ ‘ब्रम्हा’ चिह्न लाइ ‘चिन्ह’ लेखेर निर्वाह गर्नु पर्दैन।

त्यसैगरी अङ्‌रेजी मात्र टाइप गर्न जान्ने तर कहिल्यै नेपाली टाइप नगरेकाहरूका लागि नेपाली रोमानाइज्ड किबोर्ड (अर्थात् gopal  टाइप गर्दा आफैं ‘गोपाल’ बन्ने सुविधा) पनि उपलब्ध छ।

एकठाउँमा बनाएको नेपाली डकुमेन्ट अर्को कम्प्युटरमा लैजाँदा कहिले फन्ट नमिल्ने र कहिले एउटा फन्टमा गरेको कुरा त्यो फन्ट नभएको कम्प्युटरमा खोल्न नसकिने, खुलिहालेमा पनि रुपरङ विग्रने जस्ता यावत समस्या हामीले पनि भोग्दै आएका छौं। यी समस्या समाधान गर्नकै लागि नेपाली युनिकोडको विकास गरिएको हो। युनिकोडले नेपाली (देवनागरी) लिपीका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ। त्यसैले यसको प्रयोगपछि नेपाली र अंग्रेजीमा टाइप गरिएका कुरा फन्ट मिसिएर नबुझिने समस्या साँच्चै समाधान भएको छ।


नेपाली युनिकोडका फाइदाहरू

v  अ आ ….. क ख ग घ गरी क्रम मिलाउन सकिने।

v  अङ्‌रेजी अक्षरसंगै राखेर फन्ट फेर्दा पनि अक्षर नमिसिने।

v  फाइलको नाम पनि नेपालीमै दिन सकिने।

v  नेपाली फन्ट नभएको कम्प्युटरमा पनि युनिकोडमा टाइप गरेको फाइल खोल्न/पढ्न सकिने।

v  नोटप्याड एक्सेल फ्रन्टपेज जुनसुकै प्रोग्राममा पनि चल्ने।

v  नेपालीमा नै इमेल पठाउन सकिने।

v  नेपाली इन्टरनेट पेजका आर्टिकल कपी गर्न सकिने। नेपालीमा नै किवर्ड दिएर इन्टरनेटमा गुगल लगायतका इन्जिनमा खोज्न सकिने। आदि

नेपाली युनिकोडमा चलाउन मिल्ने विभिन्न फन्टहरू पनि बनेका छन् जसको प्रयोगले हामी आकर्षक अक्षरहरू छाप्न सक्छौं। कालीमाटी, मङ्गल, थाक्या राविसन,समानता, जनसंस्कृत, कोकिला, रघुहिन्दी, यूनि नेपाली, कान्जिरोवा, गार्गी आदि देवनागरी फन्टका केही उदाहरणहरू हुन्।

परम्परागत रूपमा भन्दा युनिकोडमा टाइप गर्न अझ सजिलो

नेपाली युनिकोड किबोर्डको नेपाली गियर हो।  युनिकोड राखेको कम्प्युटरमा Alt+Shift गरेमा अङ्‌रेजीबाट नेपाली गियर लाग्छ। र फेरी Alt+Shift गरे नेपाली गियरबाट अङ्‌रेजी गियर लाग्छ। माउस क्लिक गरेर फन्ट फेर्नुपनि पर्दैन। नेपालीमा भएकोबेला तल टास्क बारमा SA र अङ्‌रेजीमा भएको बेला EN Display हुन्छ। नेपाली युनिकोड विश्व यूनिकोड कन्सोर्सियमको स्ट्यान्डर्डमा मदन पुरस्कार पुस्तकालयका नेपाली डेभलपरहरूले हालसालै तयार गरेको सफ्टवेयर हो। त्यसैले यो Windows 98 मा चल्दैन।  यसका लागि Windows 2000 अथवा Windows XP भन्दा माथिका अपरेटिङ् सिस्टम राख्‍नु पर्दछ।  यो इन्टरनेटबाट निशुल्क डाउनलोड गर्न पनि सकिन्छ।

नेपाल टेलिकमका कार्यालयहरूमा फन्ट स्ट्यान्डराइजेशन गर्न अहिले कम्प्युटर विभागले युनिकोड इन्सटल गर्ने र तालिम दिने कार्य गरिरहेको छ। सिक्ने होइन त नेपाली युनिकोड?

टेलिकममा युनिकोडको प्रयोग शुरू

नेपाल टेलिकम ले आफ्ना कार्यालयभर नेपाली यूनिकोड चलाउने भएको छ। एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा फाइल आदान प्रदान गर्दा आउने समस्या समाधान गर्न युनिकोड चलाउन लागिएको बताइएको छ।

युनिकोडको प्रयोगबाट फन्ट मिसिने, फाइल सेयरिङमा कठीनाई हुने लगायतका समस्या पूर्णरूपले हट्ने कम्प्युटर विभागका प्रवन्धक नरहरी दाश जोशीले बताउनुभयो।

कम्प्युटर विभागले यूनिकोड चलाउनका लागि टेलिकमका विभिन्न कार्यालयहरूमा चिठीपत्र टाइप गर्ने कर्मचारीहरूका लागि पहिलो चरणको १ दिने ट्यूटोरियल तालिम सञ्चालन गरिसकेको छ। मदन पुरस्कार पुस्तकालयको प्राविधिक सहयोगमा दूरसञ्चार तालिम केन्द्रमा सञ्चालित उक्त तालिममा ३१ जना कर्मचारी सहभागी भएको कम्प्युटर विभागले जनाएको छ। तालिममा मदन पुरस्कार पुस्तकालयका मोनिका धाख्वाले युनिकोडको परिचयात्मक प्रस्तुति गर्नुभएको थियो। मपुपु भाषा सञ्चार परियोजनाका केदार शर्माले नेपाली यूनिकोड चलाउने विषयमा प्रभावकारी र रोचक प्रस्तुति पेश गर्नुभएको थियो भने दिब्येन्द्र ह्योजूले सहभागीले उठाएका समस्या निराकरण गर्नुभएको थियो।

तालिम पश्चात अहिले कम्प्युटर विभाग, उपत्यका भित्रका टेलिकम नेपाली यूनिकोड सफ्टवेयर राख्‍ने काममा लागेको छ। अहिलेसम्म विभिन्न १६ विभाग/कार्यालयमा ३ दर्जन जति कम्प्युटरमा युनिकोड इन्स्टल गरिसकिएको र त्यति नै कार्यालयमा रहेका अरू ४० भन्दा बढी कम्प्युटर अपग्रेड गरेपछि मात्र युनिकोड राख्‍न सकिने जानकारी कम्प्युटर विभागका गणेश पौडेल ले दिएका छन्।

ति कम्प्युटरहरू अपग्रेड गरिदिने बचन कं.वि. प्रवन्धक जोशीले दिइसक्नु भएको छ।

टेलिकमका राजधानी स्थित सबै कार्यालयहरूमा यो सफ्टवेयर इन्स्टल गरिसकेपछि चाँडै दोश्रो चरणको तालिम सञ्चालन गरिने कम्प्युटर विभागले जनाएको छ।

Advertisements
Comments
  1. यो सामाग्री नेपाली विकिपीडियामा राख्नु होला

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s