निःशुल्क ज्ञान बाँड्दै विकिपीडिया

Posted: May 29, 2012 in आलेख (Article)


गणेशपौडेल

तपाँइले इन्टरनेटमा कुनै विषयमा गुगल वा अन्य सर्च चलाउनुभयो भनें त्यस विषयका विभिन्न लेखहरू देखा पर्छन् जसमध्ये एउटा न एउटा लिङ्क विकिपीडियाको पाउनुहुन्छ। किनकी विकिपीडिया यस्तो वेवसाइट हो जसमा सम्भवतः विश्वका सबै विषयका सन्देश वा लेखहरू राखिएका छन्। ती पनि विश्वका प्रायजसो सबै भाषामा।

तपाँइलाई विश्वास नलाग्न सक्छ, त्यसमा नेपालका ३९१५? गाविस र ९८ नगरपालिकाको बारेका केही न केही सूचनाहरू छन्। त्यति मात्र होइन, तपाइँ यसमा नेपालका सयौं स-साना गाउँबस्तीका बारेमा पनि लेखहरू पढ्न सक्नुहुन्छ।

तपाइँले यी लेखहरू अंग्रेजी भाषामा होलान् भन्ठान्नु भएको हो भनें त्यो आंशिकमात्र सही हुन्छ। अंग्रेजीमा त छन् नै सँगसँगै नेपालमा बोलिने नेपाली, नेवारी र भोजपुरी भाषामा पनि यस्ता जानकारी पेजहरू पढ्न सकिन्छ। अब अनुमान गर्नुहोस् विश्वभरका के कति विषयमा र के कति भाषामा यसले जानकारी दिँदो हो?

सन् २००१ को जनवरी १५ मा पहिलोपटक विकिपीडियाको पेजमा Hello World! लेख्दा जिम्मी वेल्सले सायद सोचेका थिएनन् होला कि एकदिन यो नै विश्वको सबैभन्दा लोकप्रिय वेवसाइट हुनेछ। साँच्चिकै अहिले विश्वमा सबैभन्दा धेरै खोलिने ५ इन्टरनेट वेवसाइटमध्ये विकिपीडिया एक बन्न पुगेकोछ।

यस वर्ष जनवरी १५ मा नेपाली विकिपीडिया कम्युनिटीले विकीको ११औं जन्मोत्सव नेपालमा पनि एक कार्यक्रमको आयोजना गरी मनायो।

त्यस दिन नेपाली भाषा, साहित्य, पत्रकारिता र प्रविधि क्षेत्रका गण्यमान्य व्यक्तिहरूले नेपाली विकिपीडियामा लेखहरू लेख्ने र सम्पादन गर्ने समेत कार्य गरे। नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, टेलिकमका सूचना प्रविधि निर्देशक देखि लिएर नयाँ पुस्ताका कलमशील्पी पत्रकार र भाषाकर्मीहरू भेला भएर नेपाली भाषाको विकिपीडियाको विकास गर्ने कुरा गरे।

प्राध्यापक माधव पोखरेल लगायतका भाषाकर्मीले आफूहरू इन्टरवनेट लगायतका नवीनत्तम प्रविधिमा कमजोर भएको स्वीकारेनन् मात्र, युवाहरूले नेपाली भाषाको सामग्रीको विकास गर्ने जिम्मा लिएकोमा खुशी पनि व्यक्त गरे। तर भाषा पढ्दै नपढेका ठेट्नाहरूको ढंग नपुग्दा धोती खुस्कने गरेको तीतो यथार्थ पनि उनले औंल्याए।

गतबर्षको विकी-१० देखिनै विकिपीडियाले नेपाली सन्दर्भ सामग्री निःशुल्क पस्कने गरेको बुझेका प्राध्यापक तुलसी दिवस र प्राज्ञ सुलोचना मानन्धरले एक बर्षमा १० हजार विषयका थप लेख थप्न सकेको थाहा पाउँदा हर्षित देखिन्थे।विकी १० देखि यताको एक बर्षमा नेपाली विकिपीडियाले उल्लेखनीय विकास गरेको छ।

केहोविकिपीडिया?

विकिपीडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो । विकिपीडिया शब्द ल्याटिन अमेरिकी भाषाको विकि-विकि भन्ने शब्दबाट आएको हो जसको अर्थहुन्छ छिटोछिटो। तर अहिले यसको अर्थ धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि भन्ने लाग्छ। विकि र इन्साइक्लोपीडिया जोडिएर विकिपीडिया बनेको हो। विकिपीडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छ। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छन्।

विकिपीडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपीडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ।

जसले पनि सम्पादन गर्न सक्ने भएकोले यसमा भएका जानकारी विवरणहरू भरपर्दो हुँदैन भन्ने आलोचना विकिपीडियाले खेप्दै आइरहेको छ।

पत्रकार बसन्त बस्नेत गाली गर्नेहरूले पनि विकिपीडिया नचलाई बस्न नसक्ने बताउँछन्। पत्रकार हरूका लागि विकी सबैभन्दा बढी प्रयोग गरिने सन्दर्भ सामग्री भएको उनको अनुभव छ। चिनियाँ प्रधानमन्त्रीको भ्रमणको बेला उनको बारेमा जानकारी लिन सबैले विकिपीडिया गुहारेको दावी उनको छ।

आमसञ्चार र पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मी विकिपीडियाले विश्वभरका भाषामा सामग्री दिएकोले धेरैले यसलाई पछ्याउने गरेको तर सन्दर्भ सामग्रीको रूपमा उद्धृत नगर्ने गरेको बताउँछन्। अनुसन्धान पक्ष कमजोर देखिएकोले यसो भएको उनको बुझाई छ। तर नेपाली भाषाका प्राध्यापक डा. माधव प्रसाद पोखरेल अरू कुनै सन्दर्भ सामग्री नभेट्टाइएको अवस्थामा विकिपीडियालाई सन्दर्भ सामग्रीको रूपमा उद्धृत गर्न सकिने बताउँछन्।

सुरूमा यसको सर्भर अमेरिकाको फ्लोरिडा राज्यमा जोडिएका थिए छन्। पछि एम्स्टर्डम र कोरियाको सोलमा पनि थप सर्भरहरू जोडिएका छन्। नेपालमा पनि यसको क्यास सर्भर राख्नका लागि विकिमिडिया र नेपाल टेलिकम बीच वार्ता भैरहेको छ।

विकिपीडियाका प्रायजसो सबै पृष्ठहरुलाई इन्टरनेटको पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ । सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेको यो ईन्टरनेट साइट विश्वको सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ समग्री हो । नेपालमा पनि विकीपिडीयाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोसुकैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपीडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ५ इन्टरनेट साइटमध्ये यो पनि एक हो। जोसुकैले सम्पादन गर्न सक्ने भएतापनि आफ्नो भाषाको विकीमा कसले के नयाँ परिवर्तन गर्‍यो भनेर प्रवन्धक हरूले हेरिरहेका हुन्छन्। गलत सामग्री राखिएमा तुरून्तै उनीहरूले त्यसलाई सच्याउँछन्।

विकिपीडियाले अहिलेसम्म आफ्नो पेजमा कुनैपनि कमर्सियल विज्ञापन राखेको छैन। विना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ।

नेपालमाविकीपिडीया

नेपालका केही उत्साही युवाहरूले सन् २००४ मा विकिपीडियाको नेपाली संस्करण सुरू गरेका थिए। हाल नेपाली भाषामा १८,७५१ भन्दा बढी सानाठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भनें ४३ हजार भन्दा बढी छन्। यो तथ्याङ्कको आधारमा विश्वका २८३ भाषाहरू मध्ये नेपाली ८५ ‍औं स्थानमा पर्दछ। नेपाली विकीमा हालसम्ममा ८ हजार ४ सय ५६ जना प्रयोगकर्ता (Users) दर्ता भएका छन् जसमध्ये सरदर ६० जना सकृय रहन्छन्। अहिले नेपाली विकिपीडियामा ७ जना विकिपीडिया:प्रवन्धकहरू (५ जना भारतमा र २ जना नेपालमा) छन्। उनीहरूले नेपाली विकिपीडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्य गर्दछन्। त्यसैगरी ३ जना प्रशासक (Bureaucrats) ले विभिन्न तहका प्रयोगकर्ताहरूको अधिकार व्यवस्थापन गर्दछन्। विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषामा पनि पेजहरू उपलब्ध छन्। जस्तै नेपाल भाषाभोजपुरी भाषापाली भाषा। नेवारी (नेपाल भाषा)मा ६९,८०५ पृष्ठहरू छन् जुन विश्व सन्दर्भमा ४७औं स्थान हो। त्यसैगरी मैथिली भाषा र तामाङ भाषामा पनि विकिपीडियाका पेजहरू बन्ने प्रकृया अघि बढिसकेको छ।

भारतीय भाषामा हिन्दी, मराठीऽ विष्णुपुरिया मनिपुरीऽ बंगालीऽ मलायलमऽ गुजराँतीऽ पश्चिमी पञ्जावी आदि भाषाहरू नेपाली भन्दा पनि अग्रस्थानमा छन्। त्यसपछि  कन्नडऽ संस्कृत, संस्कृत- पञ्जावी-पाली-उडिया- आसामिज- काश्मिरी-सिन्धरोमानी आउँछन्।

विकिपीडियाको कुनैपनि भाषाको पृष्ठमा गएर जोसुकैले लेख लेख्न र सम्पादन गर्न सक्छन्। यसमा USER बने पनि हुन्छ नबने पनि हुन्छ। USER नबनी सम्पादन गरेको लेखमा IP Address बाट सम्पादन गरेको लग रहन्छ। एकजनाले सुरू गरेको लेख पूरा गर्न अरू हजारौं जनाले सहयोग गर्न सक्छन्। यसको रमाइलो पक्ष पनि यही नै हो।

विकिपीडियाकाशाखाहरू

विकिपीडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विकी डिक्सनरी (विक्सनरी) , खुला पुस्तक (विकीपुस्तक), विकी विश्वविद्यालय(विकीभर्सिटी), खुला समाचार (विकीसमाचार), विकी प्रजाति, कमन्स(कमन मिडियाको भण्डार), कथन(उक्ति संग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकीपुस्तक मात्र सञ्चालनमा छन्। यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ।

 

विकिमिडियानेपाल

लेखहरू व्यवस्थित गर्न र त्यसमा कुनै विवाद आइपरेमा समाधान गर्न र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडीया फाउण्डेसन नामको संस्था कार्यरत रहेको छ।  विश्वभरमा विभिन्न देशमा विकिमिडियाका च्याप्टरहरू छन्। विकिमिडिया नेपाल च्याप्टर हालसालै स्थापना भएको छ। यसले विकिपिडियाका विभिन्न भाषामा लेखिने नेपाल सम्बन्धि जानकारीको अनुगमन गर्ने तथा कुनै विवाद भएमा त्यसको निरूपण गर्ने गर्दछ।

विकीमेनिया

विकिमेनिया सबै भाषाका विकी कम्युनिटीहरुको बार्षिक भेला हुने महामेला हो। गत बर्ष इजरायलको हाइफामा विकिमेनिया ११ भएको थियो भनें २०१२ मा अमेरिकाको वाशिङटनमा हुँदैछ।विकिमेनियामा नेपालले सधैं सकृय सहभागिता जनाउँदै आइरहेको छ।

सन् २००९ को विकिमेनिया नेपालमा गर्नका लागि प्रस्ताव भएको भएतापनि नेपालमा कुनै विकी च्याप्टर नभएको हुँदा त्यो टरेको थियो। भविष्यमा काठमाडौंमा पनि यो कार्यक्रम हुने सम्भावना प्रवल रहेको छ।

नेपालीविकिपीडियाकायोगदानकर्ताहरू

विकिपिडियामा प्रशासकले प्रयोगकर्ताको अधिकार व्यवस्थापन गर्छन् भनें प्रवन्धकहरूले लेखहरू सम्बन्धि व्यवस्थापन गर्दछन्।सामान्य प्रयोगकर्ता निश्चित योगदान र तोकिएको मापदण्ड पूरा गरेपछि प्रवन्धक बन्नका लागि योग्य हुन्छन्। योग्य प्रयोगकर्ताले विकीमिडियामा सबैले देख्नेगरी खुला निवेदन दिन्छन्, निश्चित समयसम्म त्यसमा कम्युनिटी भित्रै भोट हुन्छ। आवश्यक संख्यामा समर्थन प्राप्त गरेपछि प्रशासकले माग भए बमोजिमको अधिकार दिएर प्रवन्धक बनाउँछन्। यो अधिकार केही समयको लागी अस्थायी वा लामो समयको लागि स्थायी रूपमा पनि दिइन्छ।नेपाली भाषा पनि यही प्रकृयाद्वारा सबै कार्य गरिन्छ।

नेपालीभाषाकालागिअहिलेभैरहेकाप्राविधिकप्रगति

नेपाली बाहेक विश्वका अधिकांश भाषामा गुगल अनुवाद (Google translation) उपलब्ध छ। नेपाली भाषामा गुगल अनुवादको विकास हुन लागेको छ।

माघको पहिलो हप्ता गुगलले नेपालको पहिलो व्यापारिक भ्रमण गर्यो। गुगलका नयाँ व्यापारिक आयाम हेर्ने निर्देशक डिभोन ल्यानले ४ दिनको नेपाल बसाईमा यहाँका विश्वविद्यालयहरू, इन्टरनेट सोसाइटी, नेपाल टेलिकम, नेपाली विकिपीडिया, फोस नेपाल कम्युनिटीऽ साझा सिकाई पाटीऽ मदन पुरस्कार पुस्तकालय आदि विभिन्न भाषा र प्रविधि सँग सम्बन्धित संस्थाहरूसँग भेट गरे।

डिभोनले गुगलमा नेपाली क्यालेण्डर निर्माण गर्ने तथा गुगलको नेपाली अनुवादक निर्माण गर्ने कार्यका लागि सहकार्य गर्न नेपाली भाषामा काम गरिरहेका संस्थाहरूलाई अनुरोध गरेका छन्। यस कार्यको समन्वय नेपाली विकिपीडियाका एकजना प्रवन्धक सरोज ढकालले गर्दैछन्। नेपाली विकिपीडियासँगको सहकार्यमा यसै बैशाख १ देखि गुगलमा नेपाली क्यालेण्डर आउने भएको छ।

अबकेगर्नसकिन्छ?

सूचना प्रविधिको विकास सँगै ज्ञानका स्रोतहरू पनि असिमित हुँदे गैरहेका छन्। पुस्तक, पत्रपत्रिका, रेडियो टेलिभिजन, सिनेमा र गीत संगीतलाई आम सञ्चार मानिन्थ्यो। इन्टरनेटको आविस्कार र व्यापकता सँगै यो पुरानो अवधारणामा परिवर्तन आइसकेको छ। अब यी सबै माध्यमको काम इन्ट्टटरनेट मार्फत हुन थालेको छ।

इन्टरनेटमा नै रेडियो टिभी छ, सिनेमा छ, गीत/संगीत छ। त्यसैमा पत्रपत्रिका र पुस्तक पढ्न पाइन्छ। विश्वमा पुस्तक पढ्ने प्रचलन विस्तारै हराउँदै जान थाल्यो। इन्टरनेट र हात् कम्प्युटिङ उपकरणले तिनको स्थान लिन थाल्यो।

तरऽ नेपाली लगायतका अन्य अविकसित देशमा बोलिने/लेखिने सबै भाषामा विद्यूतीय पाठ्यसामग्री उपलब्ध छन् त? छैनन्। अंग्रेजीको जुनसुकै पुस्तक तपाँइ सजिलै मोवाइलमा डाउनलोड गर्न र पढ्न उपलब्ध हुन्छ तर नेपालीमा हुँदैन।विकीपीडिया जस्ता साइटहरूको उपयोगबाट धेरैभन्दा धेरै सामग्री नेपाली र अन्य स्थानीय भाषामा पस्किन सकिन्छ।

प्रविधिको विकास सँगसँगै नेपालमा पनि धेरैवटा इ-लाइब्रेरी खुलिसकेका छन्। अब पुस्तकालयमा जानुभयो भनें पनि तपाँइ पुस्तक पाउनुहुन्न इ पुस्तक पढ्नुपर्छ यद्यपि ती लाइब्रेरीमा पाइने पाठ्यसामग्रीमा बाहुल्य विदेशी भाषाकै सामग्रीको छऽ नेपालीको होइन। यसलाई विदेशी शक्तिले आफ्नो प्रभाव फैलाउन खोज्यो भनेर हामी आलोचना पनि गर्छौं।आफू आफ्नो भाषाको सामग्री बनाउन नसक्ने, अरूले आफ्नो भाषामा भएको सामग्री दिँदा प्रभाव फैलाउन खोज्यो भन्नु आफैंमा मूर्खता होइन र?

सर्वसाधारणलेपनिनेपालीभाषाकोसन्दर्भसामग्रीविकासगर्नयोगदानगर्नसक्छन्

समाजमा कोही धेरै पढेको विद्वान हुन्छ त कोही थोरै पढेको, अझ कोही निरक्षर पनि हुन सक्छ।हरेह व्यक्तिसँग केही न केही विषयमा धेरथोर ज्ञान अवश्य हुन्छ। बाग्मती नदीको बारेमा काठमाडौं बासी जोसुकैले पनि राम्रो व्याख्या गर्न सक्छ। तर न त तिनीहरू सबैले पुस्तक लेख्न सक्छन्, न पत्रिकामा लेख लेख्न सक्छन्। यस्ता विषयहरू जोकोहीले पनि विकीपिडियामा लेख्न सक्छ।जोसुकैलाई आफूले जानेको विषयमा नयाँ लेख लेख्न मात्र होइन त्यहाँ प्रकाशित भैसकेका लेखहरू सच्याउन वा परिवर्तन गर्न अधिकार हुन्छ। जोसुकैले आफ्नो नाम दिएर अथवा नाम लुकाएर पनि लेख लेख्न र सम्पादन गर्न सक्छन्।अर्थात् विकिपीडियामा सबैजना लेखक हुन सम्भव छ।केवल नेपाली भाषामा लेख्न जाने पुग्छ।

भविष्यमा हामीलाई हाम्रो भाषामा विद्यूतीय अध्ययन सामग्री चाहिन्छ भनें विकिपीडिया जस्ता सन्दर्भ सामग्रीहरूलाई सबै पक्षबाट प्रोत्साहित गर्न जरूरी छ।

-0-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s