विकिमीडिया सम्मेलन २०१३: नेपालको सहभागिता र उपलब्धिहरू

Posted: April 22, 2013 in सामयिक टिप्पणी (Contemporary issues)
Tags: , ,

-गणेश पौडेल

विकिमीडिया कन्फरेन्स २०१३ गत १८ देखि २१ अप्रिलसम्म इटालीको मिलान शहरमा सम्पन्न भयो। करीव ४० देशका २ सय प्रतिनिधिहरूले यस कन्फरेन्समा भाग लिएका थिए। कन्फरेन्समा विकिमीडिया फाउन्डेसनबाट मान्यता प्राप्त च्याप्टरका साथै मान्यता पाउन बाँकी रहेका च्याप्टरहरूले पनि सहभागी भएका थिए।

फाउन्डेसनबाट मान्यता पाइ नसकेको विकिमीडिया नेपाल च्याप्टरले पनि यस सम्मेलनमा सहभागिता जनायो। सम्मेलनमा नेपालले आफ्नो गतिविधि सम्बन्धि ३ मिनटको प्रस्तुतिकरण पेश गरेको थियो।प्रस्तुतिकरणमा देशमा १२३ भाषाहरू प्रयोग हुने र विभिन्न भाषामा रहेका परियोजनाहरूलाई नेपाल च्याप्टरले सहयोग गरिरहेको विषय प्रमुख रूपमा उठाइएको थियो। त्यसैगरी नेपालले पाएका सफलताहरू र अगाडी रहेका चुनौतीहरूको बारेमा छलफल गरिएको थियो।

५ दिन सम्म चलेको सम्मेलनमा विकिमीडिया आन्दोलनले विश्वमा हासिल गरेको उपलब्धि, विभिन्न देशमा भएका उत्कृष्ट उदाहरणहरू तथा अगाडी आउने चुनौतीहरूको बारेमा बिस्तृत छलफल गरिएको थियो।

सम्मेलनमा भविष्यमा लिने नीतिहरू बारे पनि चर्चा भयो। सम्मेलनमा विकिमीडिया फाउन्डेशनको बोर्ड अफ ट्रस्टीजको उपस्थिति थियो। त्यसैगरी सम्बन्धन समिति, अनुदान समिति लगायतका समितिका पदाधिकारीहरूले पनि भाग लिएका थिए। विकिमीडिया फाउन्डेसन त्याग गर्ने घोषणा गरेकी प्रमुख कार्यकारी निर्देशक सु गार्डनर सम्मेलनमा उपस्थित थिइन् तर उनले सम्वोधन भने गरिनन्।

विकिमीडियाका संस्थापक जिम्मी वेल्सले सम्मेलनलाई सम्बोधन गर्दै अहिलेसम्मको उपलब्धि विश्वभरमा रहेका स्वयंसेवी हरूकै कारण प्राप्त भएको बताए। सम्मेलनमा विकिमीडियनहरूले बोर्ड अफ ट्रस्टीजलाई प्रत्यक्ष प्रश्न सोधेका थिए।

नेपालका लागि उपलब्धि

यस पालिको सम्मेलन नेपाली विकिमीडिया च्याप्टरका लागि साँच्चिकै उपलब्धि मूलक रह्यो। गतवर्ष जेठमा १० ‌औँ जन्मोत्सव मनाएको नेपाली विकिपीडिया र समग्र विकिमीडिया आन्दोलन नै विकिमीडिया फाउन्डेसन र मूलधारको विकी आन्दोलन बाट अलगरही काम गरिरहेको हो कि? भन्ने भान भैरहेका बेला नेपालले आफ्नो गतिविधिको जानकारी विश्वमञ्चमा दिन पाउनुले नेपाली अभियान पनि अब मूलधारमा समाहित भएको महसुस भएको छ।

नेपालमा गतिविधि सञ्चालनका लागि आर्थिक तथा गैर आर्थिक स्रोत साधन उपलब्ध गराउन फाउन्डेसनले प्रतिवद्धता जनाएको छ।

मूलधारको अभियानबाट नेपाल अलग रहनु र विभिन्न समयमा आयोजना हुने सम्मेलनहरूमा नेपाली विकिमीडियनहरूलाई दिइने Scholarship को सीट अत्यन्तै न्यून रहनु, भिजा लगायतका कारण प्राप्त सीटमा पनि भाग लिन जान नपाई सीट नै गुम्ने स्थिति बन्नु लगायतका विभिन्न विषयमा नेपालले फाउन्डेसनको ध्यानाकर्षण गराएको छ। खासगरी स्कलरसीपको सीट बढाउन माग गर्दै तथा प्राप्त सीटको सहभागिता निश्चित गर्नका लागि सम्बन्धित च्याप्टरको सिफारिसमा बैकल्पिक व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ।

नयाँ तथा अलग लिपी भएका भाषाहरूलाई विशेष किसिमको सहुलियत प्रदान गर्न, अफलाइन विकिपीडियालाई व्यवस्थित गर्ने कार्यमा सहयोग गर्न, मोवाइल उपकरणबाट सम्पादन गर्ने व्यक्तिहरूलाई विशेष किसिमका कार्यक्रमहरू ल्याउन लगायतका विषयमा नेपालले दह्रो रूपले आवाज उठाएको छ।

ग्लोबल साउथ मुलुकहरूलाई अंग्रेजी लगायतका अन्य विकिपीडियामा गरिएको योगदानमा अलग मान्यता बनाएर योगदानहरू व्यवस्थित गर्न पनि जोडदार रूपले माग गरिएको छ।

नेपाल प्रतिनिधिको संस्थापक जिम्मी वेल्स, सम्पूर्ण ट्रस्टी समितिका सदस्यहरू, प्रमुख कार्यकारी निर्देशक गार्डनर, अनुदान कार्यक्रमका प्रमुख असाफ बार्तोब तथा अन्य प्रमुख सदस्यहरू, अफिलिएसन कमिटीका अध्यक्ष बेन्स ड्यामोकोस तथा सबै सदस्यहरू सँग व्यक्तिगत रूपमा अलग अलग छलफल भयो। मुख्यतयाः नेपाल च्याप्टरलाई मान्यता प्रदान गर्ने तथा नेपाल सम्बन्धि गतिविधिहरू बारेमा जानकारी गराउनमा फाउन्डेशनले अभिरूचि देखाएको छ। सम्मेलनका क्रममा नेपालले आबद्धताका लागि निवेदन दर्ता गरेको छ।

सम्मेलनमा नेपालले पहिलो पटक भाग लिएको हो।

त्यसैगरी आगामी बर्ष २०७० का कार्यक्रमहरू सञ्चालन गर्नका लागि १८ हजार ४० अमेरिकी डलरको आयोजना बजेट समेत माग गरेको छ।

एशिया च्याप्टर मिटिङ

सम्मेलनका क्रममा एशिया विकिमीडिया च्याप्टरको बैठक सम्पन्न भयो। बैठकमा फिलिपिन्सका जोश लिम, इन्डोनेशियाका रावि सुकात्नो, भारतका कार्तिक नादर र प्रणव चरमसि, इजरायलकी सानीइभान्स्टाइन, ताइवानका चाङ, हङकङका क्रिस र जेरोमी र नेपालका गणेश पौडेलले भाग लिएका थिए।

बैठकमा एशियाली च्याप्टरहरूबीच सहयोग अभिबृद्धि गर्नका लागि एशिया विकि सम्मेलन आयोजना गर्ने बारेमा समेत छलफल भएको थियो।

सम्मेलनकै क्रममा आयोजक च्याप्टर विकिमीडिया इटालिया सँग सहकार्यका लागि नेपालको गहिरो छलफल भएको छ। त्यसैगरी डीसी, न्यूयोर्क, बेलायत, इजरायल, जर्मनी, हङकङ, भारत, बाँग्लादेश लगायतका च्याप्टरहरूसँग पनि सहकार्यका लागि छलफल भएको छ।

नेपालमा एजुकेशन प्रोग्राम, विकिलभ मोन्युमेन्ट, ग्ल्याम लगायतका कार्यक्रमहरू सञ्चालनका लागि पनि सम्बन्धित व्यक्तिहरूसँग छलफल सम्पन्न भएको छ।

यसैबीच नेपालले आगामी सेप्टेम्बरमा विकि लभ मोन्युमेन्ट कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

– मिलान अन्तरराष्ट्रिय विमानस्थल, मिलान, इटाली

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s