आइतबार कार्तिक १२ गते २ हजार ६९ साल।

धान पाकिसकेको छैन, दशैंको रमझम छँदैछ।उत्तर भारतका केही तीर्थाटन गर्ने तथा स्वास्थ्य उपचार समेत गर्ने हेतुले हामी यात्रा सुरू गर्छौं इलाम जिल्लाको प्रेमेजुङ स्थित आफ्नै घरबाट। गाऊँकी जोगमाई भगवतीलाई प्रणाम गर्दै अनि साङ्गे छोलिङ गुम्बामा भक्ति प्रकट गर्दै बिहानको ८ बजे गाउँको स्टेशन हाटे पुग्छौं

। हाटे हुँदै गुडेर जाने २९ वटा गाडीमा हामी 5 जना तीर्थयात्रीलाई सीट पुग्दैन। अनि हामी गाउँकै गाडी बन्दोवस्त गरेर हिँड्छौं मध्यान्न १२ बजेतिर। आजको हाम्रो यात्रा धुलाबारीस्थित रूद्र पौडेलको घरमा रोकिन्छ।

आज कात्तिक १३ गते सोमबार अर्थात् २९ अक्टोबर बिहानै उठेर हामी लाग्छौं सिलिगुडी हुँदै न्यू जलपाइगुडी रेल्वे स्टेशन।

हामीलाई लैजाने महानन्दा एक्सप्रेस नामको रेल ५ घण्टा ढीलो आइपुग्छ। १० बजेको रेल चढ्न पुगेका हामी दिनभर प्लेटफार्ममा पर्खेर बस्छौं। बल्लतल्ल ४ बजे हाम्रो गाडी आइपुग्छ। रेल चढेपछि एक किसिमको ढुक्क हुन्छ। मंगलबार पनि दिनभर हिँडेर राती १२ बजे रेल पुग्छ नयाँदिल्ली।

कात्तिक १५ गते विहानको राती १२:३० बजे नयाँदिल्ली उत्रिन्छौ। अनि ट्याक्सी समातेर पुग्छौं पहाडगञ्जको यू के होटलमा बास बस्न।

आज कात्तिक १५ गते बुधबार अर्थात् ३० अक्टोबर

लामो यात्रा र अनिँदोले थकित हामी बिहान उठेर बाहिर निस्कन्छौं।  त्यहीँ बाहिर गल्लीको एउटा पसलमा नास्ता गर्छौं। शरीरमा थकान भएपनि पहिलो पटक पुगेको दिल्लीको दर्शन उत्साहजनक नै हुन्छ। एकछिन होटलकै वरिपरि घुमघाम गर्छौं। त्यसपछि लाग्छौं नयाँदिल्लीको जसोला स्थित अपोलो अस्पताल तिर। अस्पतालमा स्वास्थ्य जाँच हुन्छ। जाँचपछि अस्पताल नजीकैको एउटा पार्कमा केही समय बिताउछौं।

जसोला अपोलो स्टेशनबाट मेट्रो रेल चढी केन्द्रीय सचिवालय हुँदै हामी पुग्छौं राजीव चोक। यहाँ मेट्रो स्टेशनमा नै सरस्वती काकी र भगवती सँग भेट हुन्छ। केहीबेर भलाकुसारी गरेर होटलतिरै लाग्छौं।

आज कात्तिक १६ गते बिहीबार तदनुसार १ नोभेम्बर २०१२

हामी निस्कन्छौं दिल्ली शहरको घुमघाममा। टुरिस्ट बसको प्याकेज लिएर हिँडेका हामी सर्बप्रथम पुग्छौं राधाकृष्ण मन्दिर। बिरला मन्दिर भनेर चिनिने यो मन्दिरको कलात्मकता प्रसंसा गर्न लायकको छ।

बिरला मन्दिरको दर्शन गरिसकेपछि हामी लाग्छौं भारतको संसद भवन हेर्न। यहाँबाट राष्ट्रपति भवन समेत देखिन्छ।

राष्ट्रपति भवन हेरिसकेपछि हामी पुग्छौं इन्डिया गेट। इन्डिया गेट दोस्रो विश्वयुद्धमा मारिएका व्यक्तिहरूको स्मृतिमा बनाइएको स्मारक हो। सयौं एकड क्षेत्रफल खुला चउरमा अवस्थित यो स्मारक नयाँदिल्लीको आकर्षक पर्यटकीय स्थल हो जहाँ दैनिक हजारौं मानिस घुम्न पुग्दछन्।

इन्डिया गेट सँगसँगै चाँदनी गेट रहेको छ। साथसाथै विभिन्न कलात्मक स्मारकहरू पनि छन्।

यस पछिको हाम्रो गन्तव्य बन्छ इन्दिरा गान्धी म्यूजियम। विश्वकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको निजी घरलाई नै संग्रहालय बनाइएको रहेछ। यहाँ इन्दिरा गान्धीले आफ्नो जीवनमा उपयोग गरेका विभिन्न सामग्रीहरू राखिएको छ। यसै संग्रहालयमा भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीका निजी सामानहरू पनि प्रदर्शन गरिएको छ।इन्दिरा गान्धीलाई १९८४ मा यही भवनको प्राङ्गणमा उनका निजी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए।

अबको गन्तव्य हुन्छ कुतुब मिनार। कुतुब मिनार नयाँदिल्लीको अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो। यसको निर्माण सन् ११०० मा मुगल सम्राटहरूबाटभएकोइतिहासछ।पत्थररलोहाबाटबनेकोयोस्तम्भमुगलसभ्यताकोप्रतीकबनेरदक्षिणपश्चिमदिल्लीमाउभिएकोछ।यसकोवरिपरिरहेकाअन्यसंरचनाहरूभत्केरखण्डहरबनिसकेकाछन्।

योऐतिहासिकस्थलकोअवलोकनपछिबसलेपुर्‍याउँछदिल्लीहाट।

अबकोपालोलोटसटेम्पल

लोटसटेम्पलअर्थात्कमलमन्दिरबहाईहरूकोप्रार्थनास्थलहो।कमलकोफूलआकारमाबनेकोयोमन्दिरभित्र१मिनटमौनबसेरप्रार्थनागरिन्छ।लोटसमन्दिरकोकलात्मकतानियाल्दैमन्दिरभित्र१मिनटप्रार्थनागरेरहामीफर्किन्छौं।

साँझपरिसकेकोहुँदाहाम्रागन्तव्यकाराजघाटरलालकिल्लाबाहिरैबाटहेर्दैहामीपुनःआफ्नोहोटलमाफर्किन्छौ।

कार्तिक१७गतेशुक्रबार२नोभेम्बर

आजकोहाम्रोगन्तव्यहुन्छहरिद्वार।बिहानचियानास्तागरेरहोटलबाटचेकआउटगरीहामीबसचढ्छौं।दिनभरकोयात्रातयगरीसाँझपरिसकेपछिपुगिन्छहरिद्वार।त्यहाँरेल्वेस्टेशनस्थितगरिवदासजीआश्रमकोधर्मशालामाहाम्रोबासहुन्छ।योधर्मशालाकोव्यवस्थापकनेपालीहरूनैरहेछन्।नेपालीविद्यार्थीहरूपनियोआश्रममाप्रसस्तछन्।

कार्तिक१८गतेशनिबार३नोभेम्बर

आजविहानसबेरैउठेरहामीलाग्छौंगंगास्नानगर्न।सृजनारतेजस्विनीधर्मशालामानैबस्छन्।हामीबढिरहन्छौंगंगाजीकोतटतिर।

दिउसोकोगर्मीसम्झेरअलिपातलैलुगामात्यतातिरलागेकाहामीलाईबिहानकोजाडोलेलुगलुगपार्छ।

हाम्रोधर्ममागंगास्नानकोधेरैठूलोमहत्वछ।जहिलेपनिरजहाँपनिनुहाउँदाहामीगंगानदीमानुहाइरहेकोकल्पनागर्दछौं।नुहाउँदाहरहरगंगेभन्नेशव्दआफसेआफनिस्कन्छ।

हामीबसेकोठाउँबाटझन्डै१५मिनटहिँडेपछिमात्रपुगिँदोरहेछगंगास्नानगर्नेघाट।

बर्षौंदेखिगंगास्नानकोअभिलाषाबोकेरहिँडेकाहामीगंगानदीकोदर्शनमात्रपाउँदापनिगदगदभएकाथियौं।

हरकीपीडीभनिनेयोघाटमामानिसलेनुहाउनसजिलोहुनेगरीस-सानाभंगालाहरूछुट्याइदिएकोरहेछ।नुहाउनकालागिसिँढीरसमात्नेजन्जीरपनिराखिदिएकोरहेछ।

हामीपालैपालोगरेरनुहाउछौं।शरीररमनमाभएकासबैपापपखाल्छौं।अनिएउटाअलौकिकउर्जारस्फूर्तिप्राप्तगरेकोअनुभवगर्छौं।

यहाँविभिन्नबहानामाचन्दामाग्नेहरूकोबिगबिगीरहेछ।अझनेपालीतीर्थयात्रीभन्नेथाहापाएभनेतअतिनैसताउँदारहेछन्।

गंगास्नानपछिहामीरिक्साचढेरधर्मशालाफर्किन्छौं।

हाम्रोयात्राकोउद्देश्यतीर्थयात्रारउपचारदुवैथियो।त्यसैलेखानाखाएपछिहामीलाग्छौंटाँगाचढेरत्यहाँकोएकप्रसिद्धअस्पतालतर्फ।टाँगाकोयोअनुभवहामीमध्येधेरैलाईनयाँथियो।१५मिनटजतिहिँडेपछिपुगिँदोरहेछकनखलकोदेशरक्षकऔषधालयस्थितगंगाभ्यालीअस्पताल।

अस्पतालमामुमालाईजँचाएरफर्किँदासाँझपर्नलागेकोथियो।टेम्पोचढेरहामीसीधैगंगाआरतीहेर्नहरकीपीडीतिरलाग्छौं।

गंगाआरती

गंगाजीकोतटमाहरेकदिनबिहानरसाँझआरतीहुँदोरहेछ।बिहानकोभन्दासाँझकोआरतीभव्यरविशालहुँदोरहेछ।

आरतीहुनेबेलामाआरतीहेर्नेभक्तजनहरूकोनिकैठूलोघुईँचोहुँदोरहेछ।देशविदेशबाटआएकाश्रद्धालुहरूआरतीमासम्मिलितहुँदारहेछन्।

झण्डैआधाघन्टालामोआरतीनिकैविधिविधानकासाथहुँदोरहेछ।

कार्तिक१९गतेआइतबारतदनुसार४नोभेम्बर२०१२

आजविहानसबेरैउठेरसबैजनाहरकीपीडीतर्फलाग्छौं।हरकीपीडीमानुहाउनकालागिधेरैवटासुविधाजनकघाटहरूछन्।तीसबैघाटमाहरेकदिननुहाउनेहरूकोताँतीहुन्छ।सबैहिन्दूहरूलाईगंगास्नानकोमहत्वउतिकैहुन्छ।गंगास्नानकोपुण्यहासिलगर्नरशरीरतथामनकोमैलोपखाल्नसबैलाईआनन्दलाग्छ।

हामीपनिपालैपालोनुहाउछौं।गंगाजीलाईअनिहाम्रापितृजनलाईसम्झेरअर्घदिन्छौंअनिबत्तीबालेरगंगाजीलाईअर्पणगर्छौं।

विभिन्नठाउँबाटआएकातीर्थयात्रीहरूठाउँठाउँमाभजनगर्नमामस्तभएकाभेटिन्छन्।

गंगास्नानगरेरफर्केपछिहामीदिनभरकालागिएउटासानोगाडी११सयरूपियाँमाबन्दोबस्तगर्छौं।८:३०बजेआइपुग्नेगाडीलेदिनभरमाकनखलक्षेत्र,हरिद्वारक्षेत्ररऋषिकेशक्षेत्रकामन्दिररधार्मिकस्थलहरूघुमाउनेशर्तहुन्छ।त्यहीसानोगाडीमाहामीसुरूगर्छौंयात्रा।

सबैभन्दापहिलेहामीपुग्छौंकनखलस्थितदक्षेश्वरमहादेवमन्दिर।जहाँदक्षप्रजापतिकोयज्ञकुण्डमासतीदेवीलेहाम्फालेरप्राणत्यागगरेकोविश्वासगरिन्छ।

सँगैकोप्राचीनशिवमन्दिरदर्शनगरेरहामीपुग्छौंमहामृत्युञ्जयमन्दिरअनिपाग्देश्वरमन्दिर,जहाँरूद्राक्षबृक्षकोदर्शनगर्नपाइन्छ।यहाँबाटहामीगीतामन्दिरजान्छौं।

यहाँबाटहाम्रोकनखलक्षेत्रकोतीर्थाटनसमाप्तहुन्छ।अनिहामीलाग्छौंऋषिकेषकोयात्रातर्फ।

बाटोमाहरिद्वारकोविशालशिवमूर्तिकोदर्शनगर्छौं।

साथमारहेकोविवेकानन्दकोशालिकपनिअवलोकनगर्दैहामीलाग्छौंऋषिकेषतर्फ।

ऋषिकेषहरिद्वारभन्दा 33किलोमीटरउत्तरमाअवस्थितधार्मिकतथापर्यटकीयस्थलहो।

हृषिकेशधार्मिकरपर्यटकीयदुवैपर्यटकलेसधैँजसोभरिभराउरहनेगर्दछ।धार्मिकतीर्थयात्राकाअतिरिक्तगंगास्नान,रगंगामाडुंगासयरहृषिकेशकामुख्यआकर्षणहुन्।

रामझुलागंगानदीमाथिबनेकोझोलुंगेपूलहो।स्वामीशिवानन्दजीलेसन्१९८६मायोपूलबनाएकाथिए।

रामझुलातरेरहामीपारिपट्टिरहेकागीताआश्रमलगायतकाविभिन्नधार्मिकस्थलहरूमाभ्रमणगरेरफर्किन्छौं।

यहाँसुगन्धितश्रीखण्डकाकेहीटुक्राकिनेरहामीलाग्छौंलक्ष्मणझुलातिर।

लक्ष्मणझुलाहृषिकेशकोअर्कोआकर्षणहो।योझोलुङ्गेपुललेपारिपट्टिरहेकातेह्रतलेमन्दिरलगायतकाधार्मिकस्थलहरूमापुग्नसजिलोभएकोछ।

लक्ष्मणझुलाबाटगंगानदीतरेरहामीपुग्छौंतेह्रतलेमन्दिर।योमन्दिरमाधर्मरव्यापारकोमिश्रणरहेकोछ।हरेकएउटाभगवानकोमन्दिरपछि२वटापसलपुगिन्छ।मन्दिरयतिव्यावसायिकढंगलेबनाइएकोछकिएकचोटीपसेपछि१३तलानचढीफर्कनपाइन्न।

शारिरीकअशक्तताकाकारणलेहामीलेयोमन्दिरमापस्नेहिम्मतगरेनौं,बाहिरबाटैदर्शनगरेरफर्क्यौं।

हृषिकेशकोयात्रापूरागरीतृप्तमनरथकितशरीरलिएरहामीपुनहरिद्वारकोबाटोलाग्छौं।

अलिअलिनेपालीपनिबोल्नजान्नेड्राइभरमुकेशलेनेपालीरहिन्दीगीतगाउँदैहामीलाईहरिद्वारल्याइपुर्यायो।

फर्किँदाहामीभारतमातामन्दिर,शीशमहल,बैष्णोदेवीमन्दिरआदिमन्दिरअवलोकनगर्दैधर्मशालापुग्दाअँध्यारोभैसकेकोथियो।

 

सोमबारकार्तिक२०गतेतदनुसार५नोभेम्बर

गंगाश्राद्ध

हाम्रो धर्म संस्कृतिमा मरेर गएका पितृको स्मृतिमा श्राद्ध गर्ने परम्परा रहेको छ।

धार्मिक तीर्थस्थलमा पितृश्राद्ध गर्नसके पितृ तर्ने विश्वास छ।

गंगा श्राद्ध गर्न हामी गंगाजीको मूल प्रवाह भएतिर जान्छौं।

बुबा-मुमा आज गंगा तटमा आफ्ना बाबु-आमा लगायत कूलका ज्ञात अज्ञात पितृहरूको नाममा तर्पण पिण्ड दान गर्दै हुनुहुन्छ।

बुबा डेढ बर्षको हुँदा हजुरबा रामनाथ पौडेलको २५ बर्षको उमेरमा मृत्यु भएको थियो। साठी बर्ष पछि आज गंगातटमा हामी कहिल्यै नदेखेका हजुरबाको स्मरण गर्दैछौं। वहाँको आत्माको शान्तिको कामना गर्दैछौं।

यहाँ नुहाउने घाटमा जस्तो सुरक्षित व्यवस्था छैन। अलिकति असावधान भयो कि सीधै गंगाको मुखमा पुगिन्छ।

बुबामुमाको रेखदेख गर्दै हामी बालुवामा खेल्न थाल्छौं।

झन्डै डेढ घन्टामा श्राद्ध सिद्धिन्छ।

हरकीपीडीमास्नान

एकपल्ट फेरी हरकी पीडीमा गंगास्नान गरेर हामी जान्छौं मनसादेवीदर्शन गर्न। मनसा देवी अग्लो पहाडमा अवस्थित देवी मन्दिर हो। उडन खटोला चढेर हामी पहाड उक्लिन्छौं।

देवीको दर्शन गरेर पुनः उडन खटोला बाटै तल ओर्लन्छौं। अलि बढी आवाज निकाल्ने उडन खटोलालाई मनकामनाको केबुल कारसँग दाँज्न सकिन्छ।

आज साँझ हरिद्वारबाटरात्रीबसचढेरमथुराप्रस्थान गर्ने योजना बन्छ।

 

मंगलबारकार्तिक२१गतेअर्थात्६नोभेम्बर

विहानमथुराबसपार्कपुगिन्छत्यहाँबाटअटोरिक्सामाहामीजान्छौंबृन्दावन।

बृन्दावनमाचित्राखरदाजूलेहामीलाईस्वागतगर्नुभयो।हामीसिधावहाँकोडेरातिरजान्छौंअनित्यहाँखानाखाएरदिनभरआरामगर्छौं।

अपरान्हहामीएउटाधर्मशालामागै२वटाकोठाबुकगर्छौंअनिसामानथन्क्याएरसाँझपखहामीबृन्दावनकाकेहीमहत्वपूर्णतीर्थस्थलहरूघुम्छौं।

बृन्दावन भगवान श्रीकृष्णले आफ्नो तरूण अवस्था विताएको ठाउँ हो। त्यसैले राधाकृष्णको प्रेमलीला जसलाई रासलीला भनिन्छ यही बृन्दावनमा नै भएको विश्वास गरिन्छ।

निधिवन

निधिवन राधाकृष्णको अत्यन्तै मनपर्ने स्थान हो। यहाँ होचा पोथ्रा झाडी तर झ्याम्म परेका रूखहरू छन्। निधिवनको वीचमा पागलबाबा मन्दिर छ। यो मन्दिरमा राधाकृष्ण अहिले पनि हरेक दिन राती रासलीला गर्न आउछन् भन्ने विश्वास गरिन्छ।

यो मन्दिरमा राती कोही पनि बस्दैन। बसेमा मृत्यु हुने अथवा पागल हुने विश्वास गरिन्छ।

टेडीखम्बामन्दिर अर्को आकर्षक मन्दिर हो। मध्यकालीन यो मन्दिरमा रहेका संगमरमरका खम्बाहरू बक्र आकारमा छन्।

यमुनातट,लगायत दशवटा जति विभिन्नमन्दिरहरूघुमेरबाँकेबिहारीमन्दिरकोसाँझकोआरतीहेर्दैफर्किन्छौं।

बुधबारकार्तिक२२गतेअर्थात्७नोभेम्बर

गाडीरिजर्बगरी

नन्दगाउँ,

मथुराबाट ३० किलोमीटर जति टाढा रहेको नन्दगाउँ नन्दबाबाको गाउँ हो। मथुरामा भगवान श्रीकृष्णको जन्म भएपछि बासुदेवले शिशु कृष्णलाई नन्दगाउँ पुर्‍याएका थिए भन्ने पौराणिक कथा छ। पहाडको टुप्पोमा नन्दबाबाको मन्दिर बनाइएको छ।

बरसाना राधाजीको गाउँ हो। यो गाउँ उत्तर प्रदेश र राजस्तानको सीमावर्ती क्षेत्रमा पर्दछ। पहाडको चुचुरोमा रहेको राधाकृष्ण मन्दिर पुग्न बृद्धबृद्धा भक्तजनहरू डोलीमा बोकाएर जाँदा रहेछन्।

 

गिरिराजमन्दिर,गोवर्धनपर्वत

हिन्दू धर्ममा गोवर्धन पर्वतलाई पवित्र मानिन्छ। भीषण वर्षाबाट गोकुलबासीलाई यही पर्वतले बचाएको विश्वास छ।गिरिराज गोवर्धन पर्वतकै स्वरूप हो। उत्तर दक्षिण ८ किलोमीटर फैलिएको गोवर्धन पर्वतको वरिपरि भक्तजनहरूले परिक्रमा गर्दा रहेछन्। हामी चैं एउटा छेऊमा पुगेर दर्शन गरी फर्किन्छौं।

 

राधाकुन्ड,श्यामकुन्ड

राधाकुण्ड श्याम कुण्ड सँगै रहेका जलकुण्ड हुन्।

संयोगनैभन्नुपर्छहामीराधाअष्टमीकादिनराधाकुन्डपुगेकाथियौं।निसन्तानआमाबाबुलेयसदिनरातभरजलमाआधाडुबेरबसेमासन्तानहुनेविश्वासरहेछ।

गोकुल

त्यहाँबाटहामीलाग्छौंगोकुलतिर।गोकुलभगवानश्रीकृष्णलेबाल्यकाल बिताएकोठाउँहो।

अहिले यहाँ वन्यजन्तु संरक्षण केन्द्र खोलिएको छ।

गोकुलकोरमणरेतीभन्नेबालुवामा तीर्थयात्रीहरू बालाकृष्णलेखेलेझैंधुलोखेल्दारहेछन्। हामी पनि केहीबेर त्यहाँकोधुलोखेल्छौं। यहाँबाटहामीपुग्छौं८४खम्बामन्दिरजहाँपण्डाहरूलेतीर्थयात्रीबाटजबर्जस्तीचन्दालिनेप्रयासगर्दारहेछन्। चन्दा रकम नदियुन्जेल मन्दिरको पर्दा नै खोल्दा रहेनछन्।

८४ खम्बा मन्दिरमाफर्केपछिहामीयमुनातटमापुग्छौंजहाँभगवानश्रीकृष्णलेमाटोखाएकोविश्वासगरिन्छ,त्यहाँबाटमाटोकोडल्लालिँदैहामीमथुराफर्किन्छौं।

मथुरामा सबैभन्दा दर्शनीय स्थलश्रीकृष्णजन्मभूमिकोदर्शनगर्छौं। आतंकवादी हमला हुनसक्ने भएकोले यहाँसुरक्षाकोअतिदह्रोव्यवस्थाछ।यतिसम्मकिमोवाइल,पर्सकेहीपनिभित्रलैजानपाइन्न।भएभरकाजायजेथाड्राइभरलाईनैछोडेरकृष्णभरोसामाहामीजान्छौंभित्र।

कृष्णजन्मभूमिकोदर्शनपछिबिरलामन्दिरकोदर्शनगर्दैहामीधर्मशालाफर्किन्छौं।

 

बिहीबार२३कार्तिक८नोभेम्बर

आज हामी तीर्थ छोडेर यात्रातिर लाग्छौं।

बृन्दाबनबाटमथुरा पुगी बसचढ्छौं ताजमहल हेर्न।

आगरापुगेपछि हामी सीधै ताजमहल पुग्छौं।ताजमहल विश्वका आकर्षक पर्यटकीय गन्तव्य मध्ये एक हो। मुगल सम्राट शाहजहाँले आफ्नी प्यारी बेगम मुमताजको मृत्युपछि निर्माण गराएको स्मारक हो। सेतो सिंगमरमरले बनेको ताजमहल बिहान, दिउसो र बेलुकी छुट्टाछुट्टै रङको देखिन्छ। विश्वभरबाट आउने पर्यटकले भरिभराउ हुन्छ ताजमहल। यो प्रेम स्मारक भ्रमण गर्न विश्वभरका युगल जोडीको सपना हुन्छ। त्यही सपना पूरा गर्ने साइत हामीलाई आज जुरेको छ।

ताजमहलको अवलोकन गर्दै यसलाई पृष्ठभूमिमा राखेर विभिन्न पोजमा तस्वीर खिच्छौं। समय बितेको पत्तै हुँदैन। साँच्चै भन्दाखेरि ताजमहलको मनमोहक दृष्य छोडेर हिँड्न हामी कसैलाइ पनि मन लाग्दैन।

हामी दिनभर ताजमहलमा नै बिताउँछौं। फर्किँदाऊँटलेतान्नेबग्गीको नयाँ अनुभव बटुल्छौं। बसचढेरमथुराफर्किँदासाँझपरिसकेकोहुन्छ।

शुक्रबार२४कार्तिक९नोभेम्बर

आगराकोखानालेगर्दाआजरातीदेखिनैमलाईडाइरियाहुन्छ।दिनभरधर्मशालामाआरामगर्छु।बुबाममीलाईचित्राखरदाजूकोडेरामाछोडीसृजनारदिपालीभाउजूबजारजान्छन्।रेल्वेस्टेशनमाटिकटकालागिभनिन्छ।

शनिबार२५कार्तिक१०नोभेम्बर

आजबिहानपनिमबिहानभरसुतेँ।

बुबाममीसृजनारनानीदाजूसँगबाँकेबिहारीमन्दिरजानुहुन्छ।त्यहाँभगवानलाईभोगलगाईफर्किनुहुन्छ।बिहानकोखानाखाईहामीस्टेशनगैटिकटलिएरफर्किन्छौं।

दिउसोबुबाममीलाईडेरामानैछाडीहामी चित्राखर दाजूसँग बजारजान्छौं।

यस पटकको यात्राको अन्तिम तीर्थस्थलको रूपमा हामी जान्छौं साँझप्रेममन्दिर रस्कनमन्दिरकोदर्शन गर्न।

प्रेम मन्दिर बृन्दावनमा रहेको एक आकर्षक गन्तव्य हो। सन् २००१ देखि दश बर्ष लगाएर मा एक सय करोड रूपैयाँको लागतमा यो मन्दिर निर्माण भएको हो। इटालियन मार्वल प्रयोग गरी बनाइएको यो मन्दिरको कलात्मकता उत्कृष्ट स्तरको मानिन्छ।

घण्टौंसम्म धारा प्रभाव शास्त्रार्थ गर्नसक्ने प्रवचक श्री कृपालुजी महाराजको अग्रसरतामा यो मन्दिरको निर्माण भएको हो।

मन्दिरको वरिपरि भगवान श्रीकृष्णको जीवनलीला सँग सम्बन्धित विभिन्न झाँकीहरू राखिएको छ।

यो भगवानले गोवर्धन पर्वत उचालेर ग्वाला र गाईहरूको रक्षा गरेको दृष्य हो।

सेतो संगमरमरको प्रेम मन्दिर साँझको बत्तीमा अझै राम्रोसँग खुल्छ।

साँझको आरती हेर्न श्रद्धालु भक्तजनहरूको घुँइचो लाग्छ।

मन्दिर भित्र आरतीको तयारी भैरहेको छ। श्रद्धालुहरूको भीड बढ्दैछ। एउटा टोली भजनमा मस्त छ।

साँझको आरतीका समयमा मात्र भगवानको दर्शन गराइन्छ।

केहीबेरको प्रतिक्षा पछि पर्दा खुल्छ। राधाकृष्णको दर्शन पाइन्छ।

आरती सुरू भएपछि मन्दिरको वातावरण झन् संगीतमय बन्दै जान्छ। मन्दिर भित्र जडिएको बत्तीको कलात्मकता पनि देखिन थाल्छ।

माथिल्लो तलामा सीतारामको मूर्ति रहेको छ।

सबै भगवानको दर्शन गर्दै र मन्दिरको कलात्मकता नियाल्दै हामी हराउछौं संगीतसँगै।

आरतीको समयमा मन्दिरको पश्चिमपट्टी म्युजिकल फाउन्टेनको प्रदर्शनी हुन्छ।

संगीतको लय सँगै पानीको फोहरा र बत्तीको यो प्रदर्शनी हेर्न अत्यन्तै मनमोहक हुन्छ।

बाहिरबाट पुनः प्रेम मन्दिर नियाल्दै हामी लाग्छौं स्कन मन्दिर तिर।

स्कन मन्दिर स्कन सम्प्रदायले प्रार्थना गर्ने मन्दिर हो।

स्कन अर्थात् अन्तरराष्ट्रिय श्रीकृष्ण चेतना सञ्जाल कृष्ण तत्त्वको अध्ययन गर्ने विश्वव्यापी संस्था हो। यसले पश्चिमा देशहरूमा आफ्ना गतिविधिहरू केन्द्रीत गर्दछ।

हामी स्कन मन्दिरको आरतीमा सम्मिलित हुन्छौं। यो आरती समापन सँगै यस पटकको हाम्रो तीर्थयात्रा पनि समापन हुन्छ।

मंगलबार२८कार्तिक१३नोभेम्बर

१६ दिन लामो यात्रा पूरा गरीदिउसो४बजे हामी आफ्नो घर प्रेमेजुङ पुग्छौं।

-०-

 

तीर्थयात्रा मिति २०६९ कार्तिक १२ गते देखि कार्तिक २८ गतेसम्म

(29 October, 2012 to 13 November 2012)

Music

 

तीर्थयात्रीहरू

राधाकृष्ण पौडेल

श्रीमती चित्रकला पौडेल

गणेश कुमार पौडेल

श्रीमती सृजना तिम्सिना पौडेल

सुश्री तेजस्विनी प्रियंवदा पौडेल

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s