सामाजिक मिडिया मार्केटिङः के हामी गर्न सक्दैनौ?

Posted: February 5, 2014 in Published Articles
Tags: , , ,

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय

सूचना तथा सञ्चार प्रविधिमा विभिन्न प्रविधिको विकास सँगसँगै सामाजिक सञ्जालहरूले तीब्र व्यापकता पाइरहेका छन्। सामाजिक सञ्जालको प्रयोगको व्यापकता सँगसँगै यसको अर्थपूर्ण प्रयोगका प्रयासहरू पनि हुन थालेका छन्। त्यसैको परिणाम हो सामाजिक मिडिया मार्केटिङ्ग।

जनसम्पकर्क, विज्ञापन, मार्केटिङ्ग आदि विभिन्न नामका विभागमा खर्च भएको ठूलो परिणामको जनशक्ति, भौतिक र आर्थिक साधनले दिने भन्दा बढी प्रभावकारी परिणाम सामाजिक मिडिया मार्केटिङ्गले दिन थालेपछि साना व्यावसाय देखि ठूलठूला कम्पनीहरू समेत यसतर्फ आकर्षित हुन थालेका छन्।

मार्केटिङ्ग वस्तु वा सेवालाई बेच्ने वा त्यसको बजार खोज्ने विषय सँग मात्र सम्बन्धित कार्य होइन, यसले निश्चित मूल्य चुकाएर खरिद गरिएको वस्तु वा सेवाले आफूलाई त्यो मूल्य भन्दा बढीको सन्तुष्टि (भ्यालु) दिएको छ भन्ने कुरामा खरिदकर्तालाई विश्वस्त तुल्याउने कार्य पनि हो। सामाजिक मिडिया मार्केटिङ्गमा प्राथमिक औजारको रूपमा सामाजिक सञ्जाललाई प्रयोग गरिन्छ अर्थात् सामाजिक सञ्जाल प्रयोग गरी वस्तु वा सेवाको मार्केटिङ्ग गरिन्छ।

२० बर्ष अगाडी नेपाल टेलिकमका कुनैपनि सेवामा प्रतिस्पर्धा थिएन। एकाधिकार बजारमा सेवाको गुणस्तर प्रति उपभोक्ताको खासै चासो हुँदैनथ्यो किनकी त्यसको विकल्प थिएन। आजको मितिमा आइपुग्दा नेपालको दूरसञ्चार क्षेत्र तीब्र प्रतिस्पर्धामा छ। धेरै वटा कम्पनी भएपछि सेवाको गुणस्तर र मूल्य दुवैमा प्रतिष्पर्धा बढेको छ। त्यसले पनि प्रतिस्पर्धामा खरो उत्रन सेवाको गुणस्तर कायम राख्न अपरिहार्य हुन्छ। गुणस्तरीय सेवा सञ्चालन गर्नका लागि सेवाग्राही र सेवा प्रदायक बीच दोहोरो सम्बाद हुन त्यतिकै जरूरी हुन्छ। सामाजिक मार्केटिङ्गको अवधारणा यसैबाट आएको हो।

परम्परागत विज्ञापनका माध्यमहरू पत्रपत्रिका, रेडियो र टेलिभिजनमा भएका सिमितता पार गर्दै अगाडी बढेपछि सामाजिक मिडिया मार्केटिङ्ग लोकप्रिय हुन थालेको हो।

सामाजिक मार्केटिङ्ग के हो?

सामाजिक मिडिया मार्केटिङ्ग सामान्यतया पत्रपत्रिका, रेडियो वा टेलिभिजनमा पैसा तिरेर प्रकाशित गर्ने विज्ञापन होइन। यो अर्न मिडिया अर्थात् विश्वासको आधारमा गरिने निःशुल्क जस्तै मार्केटिङ्ग हो। सामाजिक सञ्जालले व्यक्तिहरूलाई आपसमा सम्पर्क, सम्वाद गर्ने र सम्बन्ध स्थापना गर्ने सुविधा दिएको हुन्छ।

सामाजिक मिडिया मार्केटिङ्ग वेवसाइटको प्रयोग गरी आफ्नो वस्तु वा सेवाप्रति ध्यानाकर्षण गराउने तरिका हो। यसमा पाठकहरूले मन परेको कुरा सामाजिक सञ्जाल मार्फत नै आफ्नो सर्कलमा पुनः सञ्चारित गर्न सक्छ।

यसमा सञ्चारित हुने सन्देशको श्रोत सामान्यतया विश्वासिलो तेस्रो पक्षले दिएको सन्देश हुने गर्छ जस्तो कि कुनै सेवाको बारेमा समाचार, कुनै कार्यक्रम, उत्पाद, सेवा वा वस्तुको बारेको जानकारी वेवसाइट, सामाजिक सञ्जाल, इन्स्टेन्ट मेसेन्जर, समाचार फीड (न्यूज फीड) आदि रूपमा प्रसारित गर्नु।

वस्तु उत्पादक वा सेवा प्रदायक कम्पनीहरूले यस्ता सामाजिक सञ्जालमा प्रवेश गर्दछन् जहाँ उनीहरूले आफ्ना उपभोक्ताहरूसँग प्रत्यक्ष सम्बाद गर्न पाउँछन्। उपभोक्ताहरूले पनि यही माध्यमबाट उनीहरूसँग अन्तरकृया गर्न पाउँछन्। यस किसिमको अन्तरकृया परम्परागत मार्केटीङ्ग भन्दा बढी अनौपचारिक र अन्तरङ्ग हुन्छ। त्यसै सम्बन्धको आधारमा उपभोक्ताहरूले आफूलाई मन परेको वस्तु वा सेवाको बारेमा त्यो कम्पनीको वेवसाइटलाई ट्वीटर, फेसबुक वा अन्य सामाजिक सञ्जाल मार्फत शेयर वा रिट्वीट गरिदिन्छन्।

कुनै उत्पाद वा सेवाको सम्बन्धित वेवसाइटमा नै रेटिङ्ग गर्ने व्यवस्था पनि मिलाइएको हुन्छ। उपभोक्ताले प्रयोग गरेको उत्पादनको गुणस्तर राम्रो भएमा त्यसका उपभोक्ताले बढी रेटिङ्ग गरिदिन्छन्, कम भएमा कम। ३ तारे, ४ तारे वा ५ तारे होटल भनेजस्तै जति धेरै तारा रेटिङ्ग हुन्छ त्यसको गुणस्तर पनि त्यति नै बढी रहेछ भनी उपभोक्ताले सजिलै निर्क्योल गर्न सक्छन्। यसले सामान खरीद गर्ने निर्णय सजिलो र छिटो गराइदिन्छ।

कतिपय उत्पादकहरूले त त्यस उत्पादको सकारात्मक पक्ष र नकारात्मक पक्ष लेख्ने ठाउँ समेत राखिदिएका हुन्छन् जसमा उपभोक्ताले आफ्नो अनुभवका आधारमा कमेन्ट गर्न सक्छन्।

सामाजिक मिडिया एकदमै सरल माध्यम हो। इन्टरनेटमा पहुँच भएका जोसुकैले यो सजिलै चलाउन सक्छन्। यसको प्रयोगबाट कम्पनीहरूले पनि आफ्नो उत्पादको बारेमा ज्ञान, जानकारी वा चेतना बढाउने अवसर प्रदान गर्दछन्। यसले थोरै समय र न्यून खर्चमा आफ्नो लक्षित बजारसम्म सहजै पहुँच बनाउन र ग्राहकबाट सीधै प्रतिकृया लिने अवसर प्रदान गर्दछ।

सामाजिक मिडिया मार्केटिङ्गमा के गरिन्छ?

सामाजिक मिडियामा पनि परम्परागत मार्केटिङ्गकै प्रकृयाहरू सञ्चालन गरिन्छ यद्यपि परम्परागत माध्यममा भन्दा यो माध्यममा गरिने प्रकृयाहरू तीब्र र दुइतर्फी हुने गर्छन्।

१.     ग्राहक सेवा – ग्राहकको शिकायत, समस्या सीधा सम्बोधन

२.     जनसम्पर्क – नयाँ अफर, घोषणा, समाचार आदि

३.     प्रचार प्रसार – महशूल, कमीशन आदिको दर रेटमा हुने घटबढ बारेको सूचना दिने कार्य

४.     कम्पनी, सेवा वा उत्पादको पृष्ठभूमि सम्बन्धी सूचना

५.     विज्ञापन – विविध किसिमका विज्ञापनहरू

सामाजिक मिडिया मार्केटिङ्गमा फरक कार्यका लागि फरक प्लेटफार्मको प्रयोग गर्न सकिन्छ। जस्तो कुनै वस्तुको सेवा जानकारी र ग्राहक सेवा सञ्चालन गर्नका लागि ब्लग, कम्पनीकै वेवसाइट वा फेसबुक पेजको प्रयोग गर्न सकिन्छ। क्याम्पेन हरूको प्रचार वा तत्कालिन सूचना दिनुपरेमा ट्वीटर र सेवा सञ्चालन गर्ने ट्यूटोरियल, कम्पनी, वस्तु, सेवाको पृष्ठभूमि जानकारी दिनका लागि यूट्यूब आदि प्लेटफार्महरू उपयोगी हुन सक्छन्।

हुनत सामाजिक मिडिया मार्केटिङ्ग बजार व्यवस्थापनमा नवीन अवधारणा हो। तर परम्परागत बजार व्यवस्थापन शैलीहरूले भन्दा यस्ता शाखाले बढी प्रभावकारी परिणामहरू देखाएका छन्।

सूचना प्रविधि खासगरी इन्टरनेटको सुबिधामा भएको तीब्र बृद्धि तथा साना साना हाते उपकरणको व्यापकताले सामाजिक सञ्जालको प्रयोग बढाइदिएको छ। एप्स भनिने सजिलैसित चलाउन सकिने मोवाइल एप्लिकेसनहरूले पनि यसको बढोत्तरीमा मद्दत गरेका छन्।

सामाजिक सञ्जालको प्रयोग सँगै सामाजिक मिडिया मार्केटिङ्गको प्रयोग पनि तीब्र रूपले बढिरहेको छ।

महत्व

*  सामाजिक मिडिया मार्केटिङ्ग दुईतर्फी सञ्चारको माध्यम हो।

*  यसले तीब्र गतिमा सन्देश प्रवाह गर्ने र प्रतिकृया (रेस्पोन्स) प्राप्त गर्ने गर्दछ

*  यसबाट दुविधा प्रष्ट पार्ने बढी अवसर मिल्छ

*  सामाजिक उत्तरदायित्व र बढी जवाफदेहिताको विकास हुन्छ

*  सेवा प्रदायक र सेवाग्राही बीच विश्वासरसमझदारी बढ्छ

*  सेवा प्रदायक र सेवाग्राही सहकार्य हुन थाल्छ

*  यसले मार्केटिङ्ग सूचना प्रणालीमा मद्दत गर्दछ

*  मार्केटिङ्ग इन्टेलिजेन्स अर्थात् मानिसलाई के कस्ता सेवारवस्तु आवश्यक छ, को को किन्न इच्छुक छन्, कति मूल्य तिर्न सक्छन् आदि विवरण चाँडो र सजिलोसित हासिल गर्न सकिन्छ।

असफलता र आलोचना

हरेक क्षेत्रमा सामाजिक मिडिया मार्केटिङ्ग सफल नै हुन्छ भन्ने पनि छैन। सामाजिक मिडिया मार्केटिङ्ग गर्न सुरू गरेका कतिपय ठूला ठूला कम्पनीहरू पनि असफल भएका छन्। यसरी असफलता पाउनेहरूमा भक्स वागन मोटर कम्पनी, वालमार्ट र नेस्टले आदि उल्लेखनीय कम्पनी हुन्। तिनीहरूले खुला गरेका कमेन्ट वालहरूमा नकारात्मक सन्देशहरू बढी भएकाले यसको फाइदा हुनको साटो नकारात्मक प्रभाव पार्योा। त्यसैले कम्पनीहरूले सबैकुरा सोचेर मात्र यसमा पाइला चाल्नु पर्दछ।

नेपाल टेलिकममा सामाजिक मिडिया मार्केटिङ्गको प्रयोग र सम्भावना

हाम्रो देशमा सामाजिक सञ्जालको प्रयोग व्यापक रूपमा बढिरहेको छ। २०६२/६३ को जनआन्दोलनमा क्याम्पेन गर्न टेलिकमको एसएमएस व्यापक रूपमा प्रयोग भएको थियो। मोवाइल इन्टरनेटको विस्तार र एडीएसएल जस्ता लोकप्रिय ब्रोडब्याण्ड सेवाले गर्दा अहिले फेसबुक, ट्वीटर, ह्वाट्सएप आदि सामाजिक सञ्जाल सर्वसाधारण नेपाली जनताले व्यापक रूपमा प्रयोग गर्न थालेका छन्। बदलिँदो समय र प्रविधि अनुसार सामाजिक मिडियाको प्रयोग पनि बदलिरहेको देखिन्छ।

देशको अग्रणी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको व्यावसाय व्यक्तिहरूको व्यक्तिहरूसँग सम्पर्क गराउने भएको हुनाले समाजलाई वेवास्ता गरेर अगाडी बढ्न सम्भव नै छैन। समाजसँग सम्बन्ध कायम राख्न कम्पनीले कर्पोरेट सामाजिक जिम्मेवारीका लागि केही महत्वपूर्ण कार्यहरू गर्ने गरेको छ। अरू कम्पनीले एकदिन शहरका सडक बढार्दा पनि निकै चर्चा पाउँछन्। प्रचार प्रसारको कमी तथा समाजको कम्पनीप्रतिको बढी आकाङ्क्षाका कारण नेपाल टेलिकमका यस्ता सामाजिक कार्यले खासै चर्चा पाउने गरेका छैनन्। सामाजिक मिडिया मार्केटिङ्ग मार्फत यस्ता कुराको पनि सकारात्मक सञ्चार गर्न सकिन्छ।

 

समाचार उद्योगहरू खासगरी आम सञ्चार उद्योगहरूले सामाजिक मार्केटिङ्ग र सामाजिक मिडिया मार्केटिङ्गका सिद्धान्तहरू धेरै पहिलेदेखि अपनाएको अध्ययनहरूले देखाएका छन्। उनीहरूले समाजको सूचना समाजमा नै पस्किनुपर्ने भएकोले समाजसँगको सम्बन्धलाई विशेष जोड नदिई सुखै छैन। नेपाल टेलिकम सञ्चार उद्योग भएकोले मिडिया उद्योग भन्दा यसको सामाजिक उत्तरदायित्व बढी हुन्छ। समाज सँग सम्बन्ध राखी समाजबाट नै मार्केटिङ्ग गर्न टेलिकमको शाख र जनताको यसप्रतिको विश्वासले पनि मद्दत गर्दछ। त्यसैले पनि टेलिकमले सामाजिक मार्केटिङ्गको विधि अपनाउनुपर्ने हुन्छ।

विश्वका विभिन्न संगठन र कम्पनीहरूले मार्केटिङ्गको यो प्रभावशाली औजार प्रयोग गरी उल्लेख्य रूपमा आफ्नो बजार विस्तार र होल्ड राख्न सफल भएका छन्। नेपाल टेलिकमले सामाजिक मिडिया मार्केटिङ्ग गरी बजार विस्तार र होल्ड गर्न सक्छ।

कम्पनी बाट दर्जनौं सेवाहरू वितरण हुन्छन्। ती सेवाहरूको विषयमा पूर्ण जानकारी कम्पनीकै धेरैजसो कर्मचारीमा छैन। यस्ता सेवाहरूको जानकारी र ती सेवाहरू कसरी प्रयोग गर्न सकिन्छ? कन्पि्कगर कसरी गर्ने? कुन सस्तो कुन महँगो आदि विषयमा सूचना कम्पनीकै वेवसाइटमा पनि पर्याप्त छैनन्। त्यस्ता जानकारी वेवसाइटमा प्रष्ट रूपमा राख्ने साथसाथै सामाजिक सञ्जालहरूमा पनि त्यसको व्यापक प्रचार प्रसार गर्ने हो भने उल्लेखनीय रूपमा बजार विस्तार गर्न सकिन्छ।

अहिलेसम्म भएका प्रयासहरू

 

अहिलेसम्म कम्पनीका केही कर्मचारीले व्यक्तिगत रूपमा एडिएसएल र केही मोवाइल इन्टरनेट सेवाहरूको सामाजिक मिडिया मार्केटिङ्ग कार्यको थालनी गरिसकेका छन्। त्यस कार्यमा यूट्यूब, फेसबुक, ट्वीटर र ब्लगको प्रयोग भएको छ। खासगरी एडीएसएल, इन्टरनेट, थ्रीजी, जीपीआरएस सम्बन्धि फेसबुक पृष्ठले ग्राहकको गुनासो सुन्ने मात्र हैन कतिपय प्राविधिक समस्याहरू समाधान गर्न पनि महत्वपूर्ण भूमिका निभाएका छन्।

फेसबुकमा निम्न पृष्ठका सदस्य संख्याले यो सेवाको प्रभावकारिता प्रष्ट्याउँछन्।

पृष्ठको नाम सदस्य संख्या
Nepal Telecom Internet Technical Details

७,५७१

NTC GPRS & 3G Solutions

१,९०९

Telecom & Technical news Nepal

१,३५७

Nepal Telecom

२७२

NTC ADSL Users Forum

९१

NTC ADSL User

४०

NTC ADSL Pidit

२०

Nepal Telecom Employee १६,८८७
We request NTC to provide ADSL speed 256Kbps at Rs 1017 २१५

श्रोतः फेसबुक

माथि उल्लेख गरिएका पृष्ठमध्ये धेरैजसो रूचाइएका पृष्ठहरू सेवा प्रयोग, सपोर्ट र गुनासो व्यवस्थापन सँग लक्षित छन्। केही भने गुनासो र अभियानका रूपमा रहेका छन्।

त्यस्तै ट्वीटरमा ल्भउबत्भिभिअय्क का १६३ र लतअकतबतगक का ३८ फलोअर रहेका पाइन्छन्। गुगल प्लसमा पनि नेपाल टेलिकम नामको पृष्ट रहेपनि त्यसमा न्यून मात्रामा सहभागी रहेको पाइन्छ।

यी पृष्ठका सब्सक्राइबरको संख्या हेर्दा पनि सामाजिक सञ्जालमा ठूलो संख्यामा मानिसहरूले कम्पनीका सेवाहरूप्रति चासो देखाएर छलफल गर्ने गर्दछन्। फेसबुक पेज मार्फत नेपाल टेलिकमको सेवाको प्रचार तथा ती सेवा चलाउँदा आएका समस्या समाधान र गुनासो सम्बोधन गर्ने प्रयास पनि भएको पाइन्छ।

कम्पनीका धेरैजसो सेवा प्राविधिक रुपका छन्। त्यस्ता सेवाको प्रयोग गर्ने सही तरिका थाहा नभएर अथवा डिभाइस कन्पि्कगर गर्न नजानेर सेवाको गुणस्तरीय प्रयोग गर्न ग्राहकहरूलाई कठीनाई भैरहेको छ। कतिपय सेवाको महशूल दर प्रष्ट नहुँदा सेवा प्रयोग गर्न हिच्किचाहट हुने गरेको पनि पाइएको छ। यस्ता समस्या समाधान गर्न सामाजिक मिडिया मार्केटिङ्ग जतिको प्रभावकारी औजारको उपयोग गर्नुको विकल्प देखिँदैन।

सामाजिक सञ्जाल व्यावसायिक रूपमा उपयोग हुँदै

मार्केटिङ्गको यो अधुनातन प्रणालीमा विभिन्न सामाजिक सञ्जालहरूको प्रयोग हुने गरेका छन्। जसमा फेसबुक, गुगल, ट्वीटर, लिङ्ड इन, विकिपीडिया, ह्वाट्सएप, फोर स्क्वायर, येल्प आदि मुख्य छन्। तीमध्ये केहीको यहाँ चर्चा गरिएको छ।

फेसबुक

विगत केही बर्षदेखि सामाजिक सञ्जालको पर्याय बनिरहेको फेसबुकको धेरै परिचय दिइरहन आवश्यक छैन। यो लोकप्रिय सामाजिक सञ्जालमा १ अर्ब १९ करोड मानिसले एकाउन्ट खोलेको दावी फेसबुकले गरेको छ। सब्सक्राइबर बेसको हिसाबले यो सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो।

फेसबुकले व्यक्तिहरूका बीचको नेटवर्क स्थापित गर्ने मात्र नभै कम्पनीको प्रोफाइल पृष्ठ बनाउने सम्मका सहुलियत दिएको छ। यस मार्फत विज्ञापन पनि व्यापक हुने भएकोले यसले विज्ञापनका लागि त अलग्गै नीति नै बनाएको छ। फेसबुकले कम्पनीका प्रडक्टको बारेमा साधारण परिचय दिने पेज बनाउन निःशुल्क दिन्छ। अनि आफ्नो कस्टोमाइज ग्राहकलाई लक्षित गरेर गरिने विज्ञापनमा निश्चित रकम लिन्छ। प्रयोगकर्ताको प्रोफाइलको अध्ययन गरी त्यो विषयमा रूचि हुने वा लक्षित वर्गमा मात्र विज्ञापन पुर्याइन्छ। जसले गर्दा त्यसको प्रभावकारीता पनि बढी हुन्छ। खर्चको हिसाबमा त एउटा राष्टि्रय दैनिक पत्रिकामा विज्ञापन गर्नपुग्ने रकमको दशौं भाग कम रकममा अन्तरराष्टि्रय विज्ञापन गर्ने सुविधा दिएको छ फेसबुकले। फेसबुकको फार्म भिल भन्ने गेमका मात्र ८ करोड सब्स्क्राइबर रहेको दावी छ। सीधा हिसावमा प्रयोगकर्ताले गेम खेलेको हुन्छ जहाँ अर्को फार्मरको सहयोग आदि विभिन्नरूपमा साँच्चिकै अस्तित्वमा रहेका कम्पनीहरूको विज्ञापन उनीहरूले हेरिरहेका हुन्छन्।

गुगल, गुगल प्लस र यूट्यूब

गुगलको यो सामाजिक सञ्जालमा ५४ करोड व्यक्तिले एकाउन्ट खोलेको दावी गुगलको छ। विश्वको दोश्रो ठूलो यस सामाजिक सञ्जालले फेसबुकमा जस्तै सुविधाहरू दिएको छ। गुगलका अन्य सुविधाहरू यस सेवा सँग एकीकृत रूपमा प्रयोग गर्न सकिने भएकोले यसको लोकप्रियता बढेको हो। गुगल प्लसले पनि कर्पोरेट र सानो व्यावसायको विज्ञापनका लागि पृष्ठ सृजना गर्ने लगायतका सुविधाहरू दिएको छ। यूट्युबमा भिडियो पोष्ट गर्न सकिने, गुगल ड्राइभमा अन्य तथ्याङ्क पनि भण्डार गर्न सकिने भएकोले गुगल प्रति मानिसको आकर्षण बढिरहेको छ।

गुगल अनुवादक भाषा अनुवाद गर्ने प्रोग्राम हो। २०१३ डिसेम्बर देखि नेपाली भाषामा पनि गुगल अनुवादक सुरू भएको छ। यसले कुनैपनि टेक्स्टको भाषा पहिचान गरी त्यसलाई आफूले चाहेको भाषामा अनुवाद गरेर देखाइदिन्छ। यस्ता औजारको विकास, गुगल टकर ह्याङ्ग आउट बाट भिडियो कुराकानी गर्न सकिने, गुगल क्यालेन्डरमा कार्यक्रम प्लान गर्न सकिने भएकाले पनि गुगलका प्रयोगकर्ता बढेका हुन्। सामाजिक मार्केटिङ्गका लागि गुगल एक प्रभावकारी र लोकप्रिय माध्यम बनेको छ।

ट्वीटर

ट्वीटर एउटा सामाजिक सञ्जाल हो। ट्वीटरमा छोटो सन्देश वा फ्ल्यास समाचार प्रवाहित गर्न सकिन्छ। यसमा एउटा व्यक्तिले दिएको सन्देश उसका फलोअर हरूले पढ्न सक्छन्। धेरै फलोअर हुने व्यक्तिले आफ्ना सन्देश धेरै व्यक्तिमा सञ्चारित गर्न सक्छन्। यसमा १४० अक्षरको सन्देश पठाउन सकिन्छ। त्यसैगरी फोटो पनि ट्वीट गर्न सकिन्छ। व्यक्तिगत सन्देश पनि पठाउन सकिन्छ। २०१३ को अन्त्यतिर ट्वीटरमा २ सय मिलियन प्रयोगकर्ता रहेको ट्वीटरले दावी गरेको छ। तीब्र रूपमा बढिरहेको प्रयोगकर्ता संख्याले ट्वीटरको सामाजिक मार्केटिङ्ग महत्व झनै बढिरहेको छ। ट्वीटरका प्रयोगकर्ता धेरैजसो शिक्षित व्यक्तिहरू, सम्भ्रान्त, उच्च अधिकारीहरू, चलचित्र नायक नायिका तथा सामाजिक अगुवाहरू रहेका छन्। समाचारकर्मीहरूले न्यूज फ्ल्यासका लागि यसको तीब्र प्रयोग गर्ने गर्दछन्। छोटोमिठो सन्देश छिनछिनमा प्रवाहित गरिरहनु यसको विशेषता हो।

विकिपीडिया इन्साइक्लोपेडिया

हुनत विकिपीडिया एउटा विश्वकोष भएकोले यसले कम्पनीहरूको प्रचार प्रसार गर्न अनुमति दिँदैन। तर स्तरीय कम्पनीको तथ्य जानकारी यसबाट दिन सकिन्छ। कम्पनी वा उत्पादको बारेमा विकिपीडियामा लेख हुनु इज्जतको विषय मानिन्छ। सामाजिक मिडिया मार्केटिङ्गको एउटा सामग्रीको रूपमा विकिपीडियाको पनि प्रयोग हुने गरेको छ।

वेबेक्सर वेबिनार

वेवेक्स अथवा वेविनार वेवमा आधारित मिटीङ्ग अथवा सेमिनार हो। यसमा दुई वा त्यसभन्दा बढी पक्षहरू बसेर निश्चित विषयमा छलफल गर्न साथसाथै कागतपत्रहरू आदान प्रदान गर्न सक्छन्। विश्व प्रसिद्ध सिस्को कम्पनीको यो सेवा व्यक्तिगत र कर्पोरेट दुवै रूपमा प्रयोग गर्न सकिन्छ। कर्पोरेट वेबिनारका लागि कम्पनीले निश्चित रकम तिर्नुपर्छ।

ब्लग

ब्लग वेवमा आधारित निजी डायरी हो। जोसुकैले जतिबेला पनि लेख्न सक्ने, सर्च गर्दा भेटिने र निःशुल्क होस्टिङ्ग हुने भएकोले ब्लगको लोकप्रियता बढिरहेको छ। ब्लगमा निजी वा संस्थागत विचार पोख्ने स्वतन्त्रता हुन्छ जसको उपयोग कम्पनीहरूले सजिलैसँग गर्न सक्छन्। ब्लगलाई अन्यत्र लिंक गराउन सकिने भएकाले पनि यो मार्फत मार्केटिङ्ग गर्न सजिलो छ।

नेपाल टेलिकमको सेवा सम्बन्धि समाचारको प्रधानता रहेका ब्लगहरू पनि छन्। जसमध्ये लतआबिकज निकै चर्चित छ। त्यसका अतिरिक्त / टेलिकम सेवा सरोकार समुह, लतअक्कक, लतअ/लअभिि आदि ब्लगले पनि कम्पनीका विषयहरू प्राथमिकताका साथ प्रकाशित गर्दछन्।

ठूलठूला कम्पनीहरूले आधिकारिक वेवसाइटका अतिरिक्त ब्लग साइटबाट पनि सूचना प्रवाह गर्ने गरेका छन्। कम्पनीले पनि ब्लग सञ्चालन गरेमा आफ्नो व्यवसाय तीब्र रूपमा बढाउन सक्ने निश्चित छ।

लिङ्क्ड इन

लिङ्क्ड इन पनि सामाजिक नेटवर्किङ्ग साइट नै हो। व्यावसायिक क्षेत्रका मानिसले यो बढी प्रयोग गर्ने गर्दछन्। यसमा पनि व्यक्तिगत प्रोफाइल बनाउने सुविधा हुन्छ। रोजगारदाताले यो प्रोफाइलको अध्ययन गरेर रोजगारी प्रदान गर्ने दर बढी भएको लिङ्क्ड इन को दावी छ। यसका सब्सक्राइबर २५९ मिलियन रहेका छन्।

नेपाल टेलिकमको एकीकृत सञ्चार प्रणाली अर्थात् यूसीएस सामाजिक मिडिया मार्केटिङ्गको एक आधार

नेपाल टेलिकमका सेवाग्राही खासगरी मोवाइल सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी कम्पनीले एकीकृत सञ्चार सेवा ल्याउन लागेको हो। कम्पनीका मोवाइल प्रयोगकर्ताले आफ्नै मोवाइलबाट सब्स्क्राइब गर्न सक्ने यो सेवामा प्रयोगकर्ताको प्रोफाइल पेज, फोटो शेयरिङ्ग, एकैचोटी धेरैजनालाई सन्देश पठाउने, क्लाउड स्टोरेज लगायतका सामाजिक सञ्जालका धेरैजसो सुविधाहरू उपलब्ध हुनेछन्। यो सेवाबाट कम्पनीको सिप सेवा प्रयोग गरी मोवाइल बाटै डायल गर्न सकिनेछ।

पछिल्लो समयमा मोवाइल प्रयोगकर्ताको संख्या बढिरहेकोले मोवाइल ग्राहककलाई थप सुविधाको रूपमा यो सेवा ल्याउन लागेको यूसिएस प्रोजेक्ट मेनेजर तथा सूचना प्रविधि निर्देशनालयका इन्टरप्राइज आईटी प्रवन्धक बीरेन्द्रनाथ गोंगल बताउनुहुन्छ। वहाँका अनुसार यो सेवा पैसा कमाउने भन्दा पनि ग्राहकप्रतिको सामाजिक उत्तरदायित्व बहन गर्न ल्याइएको हो। कम्पनीका विद्यमान वेव एसएमएसका ग्राहकहरूलाई यो सिस्टममा स्थानान्तरण गरी सेवा सुरू गरिने भएकोले सेवाका पहिलो परीक्षण उनीहरूबाटै गरिनेछ। उनीहरूको सुझाव समेत लिएर सेवाको पूर्ण सञ्चालन हुनेछ।

के यो सिस्टमले फेसबुक सँग प्रतिष्पर्धा गर्न सक्छ त? गोंगल भन्नुहुन्छ यो सेवाले हाम्रा ग्राहकलाई केही थप सेवा दिनेछ तीमध्ये धेरैजसो सेवामा थप शुल्क तिर्नु पर्दैन। सामाजिक सञ्जालमा हुने धेरैजसो फिचर यूसिएसमा हुने छन् तर फेसबुक सँग प्रतिष्पर्धा गर्न यो सेवा ल्याइएको होइन।

यूसिएसका धेरैजसो सेवाहरू इन्टरनेटमा आधारित हुनेछन्। साधारण प्रयोगकर्ता र प्रिमियम प्रयोगकर्ता गरी २ किसिमका यूजर रहने यो सेवामा प्रिमियम यूजरले न्यूनतम शुल्कमा थप सेवा प्रयोग गर्नसक्नेछन्। खासगरी क्लाउड स्टोरेज र बल्क एसएमएस पठाउने कोटा प्रिमियम यूजरलाई बढी हुने जानकारी गोंगलले दिनुभयो। यो सेवाको अन्तिम परिक्षण गरिरहेको कम्पनीले परिक्षण सकिनासाथ सेवा प्रारम्भ गर्ने भएको छ। विभिन्न सामाजिक सञ्जालको प्रयोगबाट ठूलो परिणामको इन्टरनेट ब्याण्डविथ खर्च भएको र त्यस वापत धेरै पैसा विदेश गएकोले कम्पनीले यूसिएस सेवा ल्याएको हो।

नामाकरण भैनसकेको यो सेवा सुरू भएपछि टेलिकमले मात्र होइन नेपालका अन्य कम्पनीले पनि यो प्लेटफर्म प्रयोग गरी सामाजिक मिडिया मार्केटिङ्ग गर्न सक्नेछन्। यस अर्थमा यूनिफाइड कम्युनिकेशन सिस्टम पनि अन्य सामाजिक सञ्जाल जतिकै सशक्त सञ्जाल बन्नसक्छ।

 

माथि उल्लेख भएका सामाजिक सञ्जाल साइटहरूले विश्वका विभिन्न भाषामा सेवा उपलब्ध गराएका छन्। फेसबुक, विकिपीडिया आदि त नेपाली भाषामा पनि उपलब्ध छन्। यसले गर्दा पनि यी सञ्जालहरूको लोकप्रियता बढेको हो। यसरी स्थानीय भाषामा अनुवाद भएका सञ्जालहरूको उपयोग गर्नु र कम्पनीले ल्याउने सञ्जाललाई पनि बढी भन्दा बढी स्थानीय भाषामा अनुवाद गरी प्रयोगकर्ता बढाउने हो भने सामाजिक मिडिया मार्केटिङ्गको उचित उपयोग र अपेक्षित परिणाम हासिल हुन सक्छ।

कठीनाई, अवरोध

विकासशील देश हुनुको कारण नेपालमा सामाजिक मिडिया मार्केटिङ्गमा केही अवरोधहरू पनि छन्। सबैको लागि इन्टरनेट हुन नसक्नु, लोडसेडिङ आदि कारण बिजुलीको नियमित आपूर्ति नहुनु, सूचना प्रविधिमा ज्ञान र सीपको कमी, सामाजिक सञ्जालप्रति पूर्ण विश्वास नहुनु र सेवा प्रदायकले यसको व्यापक प्रयोग नगर्नु आदि अवरोधहरू प्रमुख रूपमा देखा परेका छन्। समस्या झेल्न अभ्यस्त नेपाली जनताले विद्यूत उत्पादन बढ्ने, इन्टरनेट सेवाको विस्तार हुने र स्थितिमा सुधार आउने आशा गर्नुको विकल्प पनि छैन।

उपसंहार

नेपाल टेलिकमले परम्परागत प्रविधि मात्र समातेर समयानुसारका आधुनिक सेवाहरू नल्याएको भए विगतको एकाधिकार बजारमा जस्तो अहिलेको प्रतिष्पर्धात्मक बजारमा टिकिरहन सक्ने थिएन। त्यसै तुलनामा नयाँ प्रतिष्पर्धामा उत्रिन परम्परागत शैलीको बजार व्यवस्थापन शैलीलाई पनि परिमार्जन गरी नयाँ मार्केटिङ्ग शैली सुरू गर्न जरूरी भैसकेको छ।

कार्यालयमा फेसबुक बन्द गर्ने भन्दा त्यसबाट कम्पनीलाई लाभ हुनेगरी प्रयोग गराउनेतर्फ सोच्नुपर्छ। अधिकतम व्यक्तिबाट अधिकतम सूचना प्रवाह गरेर अधिकतम लाभ लिन सकिन्छ। कम्पनीमा कार्यरत सबै सेवाका कर्मचारीले कम्पनीको व्यावसाय बृद्धि गर्न यस किसिमको सामाजिक मिडिया मार्केटिङ्ग गर्न सक्छन्। त्यसका लागि उनीहरूलाई प्रशिक्षित गर्न थाल्नुपर्छ।

समग्रमा भन्दा सामाजिक मिडिया मार्केटिङ्ग बजार व्यवस्थापनको महत्वपूर्ण पक्षको रूपमा उभिएको छ। यसको उपयोग जसले चाँडो सुरू गर्छ उसले लाभ पनि चाँडो लिनसक्ने निश्चित छ । हामी पनि बेलैमा किन सुरू नगर्ने?

(लेखक आम सञ्चार तथा पत्रकारिता विषयमा सामाजिक सञ्जाल सम्बन्धी शोधकार्यमा संलग्न छन्।)

(नेपाल टेलिकम स्मारिका २०७० बाट)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s