Archive for November, 2015

भाषिक थिचोमिचोले मातृभाषाहरूको विकास हुन नसकेको भन्ने दुखेसोलाई नयाँ संविधानले मह्लमपट्टी लगाइदिएको छ। भाषिक अधिकारका लागि धेरै ठूलाठूला संघर्ष नभएपनि भित्रभित्रै पीडा बोकेर बसेका नेपालका मातृभाषाभाषीहरू नयाँ संविधानबाट धेरै उत्साहित बनेका छन्।

नेपालको संविधानको धारा ६ मा भनिएको छ- ‘नेपालमा बोलिने सबै मातृभाषा नेपालका राष्ट्रभाषा हुन्।‘ यो प्रावधानले नेपालभित्र बोलिने सबै भाषाभाषीलाई पहिलोपटक समान हैसियत दिएको छ, (more…)