कहाँ राख्ने प्रान्तीय राजधानी?

राजनीतिक दलहरूले सातवटा राज्यका राजधानी कहाँ बनाउने भन्ने धारणा बनाइसकेका छैनन् । एउटा सहरलाई तोक्दा अर्को सहरमा अलोकप्रिय हुन सक्ने भयले दलहरूले यो विषयको निवारण गर्न चाहेनन् । तर, तिनै दलका उम्मेदवारहरू आफ्नो क्षेत्रको सहरलाई नै राजधानी बनाउन कटिबद्ध रहेको देखाउन थालेका छन् । यसले प्रान्तीय राजधानी हुने रहर पालेर बसेका राज्यैपिच्छेका सम्भाव्य सहरका बासिन्दाबीच ठूलो खिचातानी सुरु गरिदिएको छ । Continue reading “कहाँ राख्ने प्रान्तीय राजधानी?”

Advertisements

नयाँ संविधानमा मातृभाषाः यसरी गर्न सकिन्छ भाषाको विकास

भाषिक थिचोमिचोले मातृभाषाहरूको विकास हुन नसकेको भन्ने दुखेसोलाई नयाँ संविधानले मह्लमपट्टी लगाइदिएको छ। भाषिक अधिकारका लागि धेरै ठूलाठूला संघर्ष नभएपनि भित्रभित्रै पीडा बोकेर बसेका नेपालका मातृभाषाभाषीहरू नयाँ संविधानबाट धेरै उत्साहित बनेका छन्।

नेपालको संविधानको धारा ६ मा भनिएको छ- ‘नेपालमा बोलिने सबै मातृभाषा नेपालका राष्ट्रभाषा हुन्।‘ यो प्रावधानले नेपालभित्र बोलिने सबै भाषाभाषीलाई पहिलोपटक समान हैसियत दिएको छ, Continue reading “नयाँ संविधानमा मातृभाषाः यसरी गर्न सकिन्छ भाषाको विकास”

स्कूलको बार्षिकोत्सव र फुक्न नपाएको बेलुन

-गणेश पौडेल-

मंसीरको साताभित्रमा ‘ठूलो जाँच’ अर्थात् बार्षिक परीक्षा सकिन्थ्यो। जाँच सकिएपछिका दिन हाम्रा लागि बर्षभरीकै सबैभन्दा रमाइला दिन हुन्थे। स्कुल छुट्टी भएको हुँदैनथ्यो त्यसैले दिनभरी घरको काम गर्नु पर्दैनथ्यो। बिहान उठेर गाईबस्तुको थला भकारो, खोलेपानी गर्ने र दुहुने कामपछि एकभारी घाँस काटेर ल्याउँदा बिहानको खाना खान पाइने। दशैं सकिँदा नसकिँदै देखि डालेघाँस र अम्लिसो काट्न पाइने भएकोले भुईंघाँस काट्न जस्तो ढीला हुँदैनथ्यो। ९ बज्दा नबज्दै खाना खाइवरी स्कूल पुगेर एकछिन खेल्ने
Continue reading “स्कूलको बार्षिकोत्सव र फुक्न नपाएको बेलुन”

मैंले तिरेको कर के मा खर्च होस्?

मैंले तिरेको करले नेता, मन्त्री, प्रधानमन्त्रीहरूले उपचारको नाममा विदेश सयर नगरून्। मैंले तिरेको करले मेरो गाउँको लड्न लागेको विद्यालयको भवन बनोस्। चुहिएको छानो टालियोस्। स्कूलमा पुस्तकालय बनोस्।

कर तिर्न किसान दाजूले कम्तीमा एकदिनको Continue reading “मैंले तिरेको कर के मा खर्च होस्?”

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको सबै किसिमका स्वास्थ्य सम्बन्धी परिक्षण गर्ने प्रयोगशाला हो।

20141009_142341
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु

यो प्रयोगशाला काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल सँग जोडिएको छ। यहाँ विभिन्न रोग सम्बन्धी रगत, दिसा, पिसाब, र मानव शरीरका अन्य तन्तुहरूको समेत नमूना बाट परिक्षण गर्ने गरिन्छ।

देशकै राष्ट्रिय स्तरको प्रयोगशाला भएको र स्वास्थ्य सम्बन्धि सेवा दिनुपर्ने भएकोले यो चौबिसै घण्टा खुला हुन्छ भन्ने तपाईंलाई लागेको छ भने तपाईं गलत Continue reading “आधा दिन मात्र खुल्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनताको के सेवा गर्छ?”

उत्तर भारत तीर्थयात्रा २०६९

आइतबार कार्तिक १२ गते २ हजार ६९ साल।

धान पाकिसकेको छैन, दशैंको रमझम छँदैछ।उत्तर भारतका केही तीर्थाटन गर्ने तथा स्वास्थ्य उपचार समेत गर्ने हेतुले हामी यात्रा सुरू गर्छौं इलाम जिल्लाको प्रेमेजुङ स्थित आफ्नै घरबाट। गाऊँकी जोगमाई भगवतीलाई प्रणाम गर्दै अनि साङ्गे छोलिङ गुम्बामा भक्ति प्रकट गर्दै बिहानको ८ बजे गाउँको स्टेशन हाटे पुग्छौं

Continue reading “उत्तर भारत तीर्थयात्रा २०६९”

विकिमीडिया सम्मेलन २०१३: नेपालको सहभागिता र उपलब्धिहरू

-गणेश पौडेल

विकिमीडिया कन्फरेन्स २०१३ गत १८ देखि २१ अप्रिलसम्म इटालीको मिलान शहरमा सम्पन्न भयो। करीव ४० देशका २ सय प्रतिनिधिहरूले यस कन्फरेन्समा भाग लिएका थिए। कन्फरेन्समा विकिमीडिया फाउन्डेसनबाट मान्यता प्राप्त च्याप्टरका साथै मान्यता पाउन बाँकी रहेका च्याप्टरहरूले पनि सहभागी भएका थिए। Continue reading “विकिमीडिया सम्मेलन २०१३: नेपालको सहभागिता र उपलब्धिहरू”

अब गाउँतिर फर्किने हो कि?

Fundamentals of general need i.e. Communication, Transportation, Education and Health are available there. But why people dream of leaving small town and wants to settle down in capital town? 
तर, 
यी कुरामा जति सोचे पनि चित्तै बुझ्दैन 
१. क्षेत्रीय स्तरमा विश्वविद्यालय स्थापनाको माग गर्नु यही कुराको प्रतिनिधि हो, तर पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय आदिका सबै कार्यालय किन काठमाडौंमा छन्? किन यी विश्वविद्यालयहरू पुरानो भन्दा धेरै महँगो छन्? 
२. किन काठमाडौंका स्कूल कलेजको मात्र राम्रा मा चर्चा हुन्छ? बाहिरकाको किन हुँदैन? 
३. ठूल्ठूला अस्पतालहरू किन काठमाडौंमा मात्र खोलिन्छन्? 
४. रोजगारीको अवसर किन राजधानीमा मात्र सिमीत राखिएको हो? 
५. यस्तै यस्तै गुनासा कति छन् कति………………………………. 
हो यही कारण शिक्षा, रोजगारी, स्वास्थ्य सेवा खोज्नका लागि देशभरका जनता काठमाडौं बस्न रूचाउँछन्। अनि के? आफ्नो स्वास्थ्य पनि बिगार्छन्, पारिवारिक सम्बन्ध पनि। र अन्त्यमा सबै रोगको पोको बोकेर गाउँ फर्किन्छन्। बम्बैको कोठीबाट फर्केकी नगरबधू झैं गाउँ फर्किने मानिसले गाउँमा गएर के उत्पादकत्व बढाउँछ? 
त्यसैले अब हामी बेलैमा जिल्ला फर्किनु पर्छ। उत्पादनशील उमेरमा नै पौरख देखाउनुपर्छ। 

भविष्यमा असल नेताहरूको हातमा देश पर्यो भनें एक न एक दिन त राज्यले पनि गाउँमा निम्नत्तम पूर्वाधार पुर्याउला नि?

 

-फेसबुक पोष्ट बाट

Blog at WordPress.com.

Up ↑