Archive for the ‘साहित्य (Literature)’ Category

-गणेश पौडेल

तिम्रो देश कुन? नेपाल।

नेपालमा के छ? हिमाल छ।

हिउँ छ? छैन। के छ? फोहोरको डङ्गुर।

तिम्रो देशले के उत्पादन गर्छ? बेरोजगारी।

तिम्रो देशले के निर्यात गर्छ? मानिस।

मुख्य पेशा के हो? कृषि।

कुलो छ? छैन।मल छ? छैन। बीऊ छ? छैन। बजार छ? छ। भाऊ छ? छैन।

**********

स्कूल छ? छ। भवन छ? छैन। (more…)

Advertisements

-गणेश पौडेल

मेरो जस्तै मनमा तिम्रो माया छ कि छैन?

यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

 

भेट हुन्न तर तिम्रो माया मैंले मार्‍या छैन,

बास तिम्रो मनबाट अन्त कतै सार्‍या छैन।

मैं छु तिम्रो छातीभित्र छाम्या छ कि छैन?

यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

 

खेल हैन हाम्रो माया खडेरीको भेल हैन,

कल्पनामा हराउने किनाराको मेल हैन।

बिर्सिए नि सपनीमा देख्या छ कि छैन?

यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

 

नसम्झे नि बाडुल्की आ’को छ कि छैन?

यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

 

27, September, 2007

Lalitpur