Posts Tagged ‘गणेश पौडेल’

आइतबार कार्तिक १२ गते २ हजार ६९ साल।

धान पाकिसकेको छैन, दशैंको रमझम छँदैछ।उत्तर भारतका केही तीर्थाटन गर्ने तथा स्वास्थ्य उपचार समेत गर्ने हेतुले हामी यात्रा सुरू गर्छौं इलाम जिल्लाको प्रेमेजुङ स्थित आफ्नै घरबाट। गाऊँकी जोगमाई भगवतीलाई प्रणाम गर्दै अनि साङ्गे छोलिङ गुम्बामा भक्ति प्रकट गर्दै बिहानको ८ बजे गाउँको स्टेशन हाटे पुग्छौं

(more…)

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय, जावलाखेल 

सुलभता र ‘मोविलिटी’ का कारण मोवाइल सर्भिसहरू लोकप्रिय भई तारयुक्त सेवा बाट ग्राहकहरू विकर्षित हुन थालेपछि त्यसमा अत्याधुनिक ‘भ्यालु एडेड’ सेवाहरू थप्नेतर्फ विश्वका टेलिफोन कम्पनीहरू लागेका छन्।  यसबाट ग्राहकले पनि अत्याधुनिक सेवाहरू पाउने भएका छन्।

मोवाइल सेवाको दाँजोमा तारयुक्त सेवाको राजश्व घटिरहेको स्थितिमा त्यस्ता फोनको संख्या नै घट्दा कम्पनीको राजश्व झन् घट्ला कि (more…)

-गणेश पौडेल

मेरो जस्तै मनमा तिम्रो माया छ कि छैन?

यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

 

भेट हुन्न तर तिम्रो माया मैंले मार्‍या छैन,

बास तिम्रो मनबाट अन्त कतै सार्‍या छैन।

मैं छु तिम्रो छातीभित्र छाम्या छ कि छैन?

यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

 

खेल हैन हाम्रो माया खडेरीको भेल हैन,

कल्पनामा हराउने किनाराको मेल हैन।

बिर्सिए नि सपनीमा देख्या छ कि छैन?

यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

 

नसम्झे नि बाडुल्की आ’को छ कि छैन?

यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

 

27, September, 2007

Lalitpur